प्रदेश

भ्रष्टाचारका मुद्दालाई टुङ्गोमा पुर्‍याउन नसके गृहमन्त्री र अर्थमन्त्रीले जवाफ दिनुपर्छः नेता प्रदिप पौडेल



बुटवल, १४ साउन । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य प्रदिप पौडेलले भ्रष्टाचार नियन्त्रणका लागि दलहरु सच्चिन आवश्यक रहेको बताएका छन् । पछिल्लो समय अनुसन्धानमा रहेको सुन काण्ड, ललिता निवास काण्ड तथा नक्कली भुटानी शरणार्थी काण्ड लगायतका विषयलाई टुङ्गोमा पुर्याउनु पर्नेमा उनले जोड दिए । यदी ती काण्डहरुलाई सत्यतथ्य छानविन र टुङ्गोमा पुर्याउन सकेनन् भने यसको जवाफ गृहमन्त्री र अर्थमन्त्रीले दिनुपर्ने बताए ।

प्रेस युनियन रुपन्देहीले आइतबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता पौडेलले विभिन्न भ्रष्टाचार काण्डमा मुछिएका व्यक्तिहरुलाई छोड्दै जाने हो भने गृहमन्त्री र अर्थमन्त्रीको राजिनामा माग्नु पर्ने अवस्था आउन सक्ने उल्लेख गरे । फरक प्रशङ्गमा नेता पौडेलले संघीयतालाई बलियो बनाउनका लागि सांसदहरुको सङ्ख्या घटाउनु पर्नेमा जोड दिए ।

हालै सम्पन्न काँग्रेस केन्द्रीय समितिको बैठकमा यो विषयले प्रवेश पाएको बताउँदै उनले संघीय संसदको संख्या घटाएर २०१ सदस्यीय बनाउने र सोही अनुसार प्रदेशसभामा समेत संख्या घटाउनु पर्ने उल्लेख गरे । घटाइएको संख्यामा सबै जातजाती, समुदाय, महिला, सीमान्तकृत लगायत सम्पूर्णको समान प्रतिनिधित्व हुनेगरी निर्वाचन प्रणाली लागू गर्नुपर्ने उलने बताए । यसरी राजनीतिक प्रशासन र खर्चलाई घटाएर ब्युरोक्रेसीमा हुने खर्चलाई पनि घटाउन सकिने उनले बताए । पूँजीगत खर्चभन्दा चालू खर्च ४ गुणा बढी भएको बताउँदै उनले त्यसलाई पनि पूरा खर्च गर्न नसकिएको बताए । विगत १५ वर्षको तथ्याङ्कमा सबैभन्दा बढी ५८ प्रतिशत मात्रै पूँजीगत खर्च हुन सकेको बताउँदै उनले भ्रष्टाचार, अनियमिततालेनै यति धेरै बेरुजु निस्किएको उल्लेख गरे । यसको नियन्त्रणका लागि पनि संसद संख्या घटाउनु पर्नेमा जोड दिए ।

प्रकाशित : १४ श्रावण २०८०, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६