प्रदेश

लुम्बिनी प्रदेश जनस्वास्थ्य प्रयोगशालाको भवन निर्माण



रुपन्देही, १५ साउन । ग्लोवल फण्डको अनुदान र सेभ द चिल्डेन्सको सहयोगमा बुटवलमा लुम्बिनी प्रदेश जनस्वास्थ्य प्रयोगशालाको भवन निर्माण भएको छ ।

बुटवल १२ तामनगरमा दातृ निकायको सहयोगमा ८ करोड ७० लाख लागतमा निर्माण भएको भवनको सोमबार प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले उद्घाटन गरेका हुन् । सो अवसरमा उनले भवन निर्माणपछि सञ्चालन गर्न प्रदेश सरकारले आवश्यक सहयोग गर्ने बताए ।

मुख्यमन्त्री चौधरीले लुम्बिनीलाई देशकै नमुना प्रदेश बनाउन आफू लागिरहेको बताए । उनले जनताको सेवाका लागि सरकारले कुनै कसर बाँकी नराख्ने बताए ।

यस्तै प्रदेश स्वास्थ्यमन्त्री राजु खनालले प्रयोगशालाको भवन समयमै निर्माण भएको बताए । प्रयोगशालालाई पूर्ण क्षमतामा चलाउनको लागि मन्त्रालय तयार रहेको पनि बताए ।

प्रकाशित : १५ श्रावण २०८०, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६