प्रदेश

कपिलवस्तुमा ४ बर्षमा १२ सय सम्बन्ध विच्छेदका मुद्दा दर्ता




कपिलवस्तु, १५ साउन ।

कपिलवस्तुमा सम्बन्ध विच्छेदका मुद्दा पछिल्लो समय बढ्दै गएका छन्। नयाँ मुलुकी संहिता लागु भए यता सम्बन्ध विच्छेदका घटनामा झनै वृद्धि हुन थालेको छ। नयाँ संहिता अनुसार पुरुषले पनि सम्बन्ध विच्छेदको मुद्दा दर्ता गराउन पाउने भए पछि मुद्दाको संख्या बढ्दै गएको हो।

अदालतको तथ्याङ्क हेर्ने हो भने प्रत्येक वर्ष सम्बन्ध विच्छेदका घटना वृद्धि हुँदै गएको देखिन्छ। अदालतको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७९/०८० मा कुल ३ सय ४५ सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएका थिए। अघिल्लो आर्थिक वर्ष जिम्मेवारी सरेर आएको १ सय ३४ मुद्दा थियो। गत आर्थिक वर्ष कुल ४ सय ७९ लगत मध्ये ३ सय १५ सम्बन्ध विच्छेदका फर्छ्यौट भई १ सय ६४ मुद्दा फर्छ्यौट हुन बाकी रहेको अदालतका इजलास अधिकृत नारायण बहादुर भट्टराईले बताए।

आव २०७८/०७९ मा कुल ५ सय १२ सम्बन्ध विच्छेदका मुद्दाको लगत थियो। त्यस मध्ये ३ सय ७८ फर्छ्यौट भई १ सय ३४ अर्को बर्षकालागि जिम्मेवारी सारिएको थियो। २०७७/०७८ मा २ सय ६८ सम्बन्ध विच्छेदका मुद्दा दर्ता भए। अघिल्लो आर्थिक वर्ष २०७६/०७७ मा १ सय ७१ सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएका थिए।

पछिल्लो समय अदालतमा दैनिक एकरदुई जना सम्बन्ध विच्छेदको मुद्दा दर्ता गर्न आउने गरेका छन्। घरको व्यवहार र खटपट सहन नसकेपछि नालिस गर्न आउनेको संख्या दैनिक बढ्दै गएको छ।

अधिकांशको सम्बन्ध ३ देखि ५ वर्षमा टुङ्गिने गरेको छ। अदालतमा आएका घटनालाई विश्लेषण गर्दा १८ देखि २८ वर्षका दम्पती बढी छुट्टिने गरेका छन्। कलिलै उमेरमा प्रेम विवाह गर्ने तर त्यसलाई व्यवस्थापन गर्न नसक्दा सम्बन्ध प्रगाढ नहुँदै टुट्ने गरेको छ। अधिकांश प्रेम विवाह गरेकाहरू नै सम्बन्ध विच्छेद गर्न आउने गरेको अदालत प्रशासनले जनाएको छ।

‘केटाले बाँड्ने ठुल-ठुला सपना पुरा नहुँदा समस्या बढिरहेको छ’ अधिवक्ता चक्र बहादुर क्षेत्रीले भने ‘युवा अवस्थामा केटा(केटी यर्थात भन्दा भावनामा बग्छन्। जुन कुरा पछि पुरा नहुँदा पारिवारिक बेमेल उत्पन्न भई सम्बन्ध विच्छेद बढ्दो छ।’ उनका अनुसार लहलहैमा विवाह गर्ने सङ्ख्या बढ्दो छ।

‘कलिलो उमेरमा विवाह गर्‍यो, बुझ्ने भएपछि धेरै कुरामा असमझदारी हुन्छ। किचलो हुन थालेपछि घरेलु हिंसा र यातना बढ्ने गरेको छ।’ उनी भन्छन्। मादक पदार्थ सेवन गरी झैझगडा गर्ने, गरिबी र विपन्नताले बेरोजगार हुँदा पनि समस्या भएको उनी सुनाउँछन्।

अदालतका श्रैस्तेदार सुमन पाण्डेयका अनुसार सम्बन्ध विच्छेद्कालागि बढी महिला आउने गरेकोमा नयाँ मुलुकी संहिता लागु भएपछि पुरुषहरू सङ्ख्या पनि बढ्दो छ।

अदालतले सके सम्म पती-पत्नी बीच मेलमिलापको पहल गर्छ, अदालतका श्रेष्तेदार सुमन पाण्डेयले भने ‘त्यहाँबाट समस्या समाधान नभए सम्बन्ध विच्छेदको फैसला गर्छ।’

प्रकाशित : १५ श्रावण २०८०, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६