प्रदेश

कपिलवस्तुमा सिकार खेल्नेक्रममा गोली लाग्दा एक जना घाइते, तीन पक्राउ



कपिलवस्तु, १५ साउन । कपिलवस्तुको एक सामुदायक वनक्षेत्रमा सिकार खेल्ने क्रममा सिकारलाई हानेको गोली लागेर एक जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बुद्धभूमि नगरपालिका–१ स्थित कोन्द्रे सामुदायिक वनमा सामूहिक सिकार खेल्ने क्रममा स्थानीय प्रदेशी थारुलाई गोली लागेको जानकारी दिनुभयो । शुक्रबार राति २ बजे स्याललाई लक्षित गरी हानिएको गोली प्रदेशीलाई लागेको थियो ।

गोली लागेका सिकारीको युनिभर्सल मेडिकल कलेज भैरहवामा उपचार भएको इलाका प्रहरी कार्यालय गोरुसिङ्गेले जनाएको छ । घटनामा संलग्न स्थानीय दुखीराम थारु, बाबुराम थारु र घटना लुकाउन खोज्ने जुरपानी सामुदायिक वनका अध्यक्ष पिङ्गल थारुलाई प्रहरीले ज्यान मार्ने उद्योगअन्तर्गत मुद्दा दायर गरेको छ ।

घटनास्थल पहिचान गरी अनुसन्धान गर्ने क्रममा प्रहरीले दुई नाल लोड गरिएको भरुवा बन्दुक र थप एक नाल भरुवा बन्दुक बरामद गरेको छ । घटनामा संलग्न थप मानिसको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : १५ श्रावण २०८०, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६