देश

मलको अभाव छैन, कुन डिपोमा कति छ भन्न सक्छौँः कृषिमन्त्री



काठमाण्डौ, १५ साउन । कृषि तथा पशुपक्षी विकासमन्त्री डा. वेदुराम भुसालले सरकारसँग दुई सय ८४ मेट्रिक टन रासायनिक मल मौज्दात रहेको बताउनुभएको छ ।

सोमवार प्रतिनिधिसभाअन्तर्गतको अर्थ समिति बैठकमा मन्त्री भुसालले सरकारसँग दुई सय ८४ मेट्रिक टन रासायनिक मल मौज्दात रहेको भन्दै मल अभाव नरहेको बताउनुभएको हो । उहाँले सङ्घीय सरकारले रासायनिक मल आयात गरेर वितरणको जिम्मा पालिकालाई दिए पनि उनीहरूले राम्रो काम गर्न नसकेको दाबी गर्नुभयो । पालिकाले सिफारिस गरेर मल वितरणको जिम्मा पाएका सहकारी संस्थाले नै घोटला गरेको उहाँको आरोप थियो ।

उहाँले भन्नुभयो, ‘दुई सय ८४ मेट्रिक टन रासायनिक मल सरकारसँग मौज्दात रहेको छ । कुन डिपोमा कति छ भन्ने समेत दिन सक्छौँ । अभाव छैन । सङ्घीय सरकारले मल आयात गर्ने मात्रै हो । वितरण गर्ने जिम्मा पालिकालाई दिएका छौँ । मल वितरणमा पालिकाले राम्रो भूमिका खेलेका छैनन् । पालिकाले मल वितरणका लागि सिफारिस गरेका सहकारीहरूले मलमा घोटला र कालोबजारी गरेका छन् । मलमा गडबडी गर्नेहरूलाई स्थानीय प्रसाशन लगाएर पक्राउ गरिएको पनि छ ।’

मन्त्री भुसालले काभ्रे, पाल्पा, इलाम,कपिलवस्तुलगायतका जिल्लाहरूमा मल वितरणमा बदमासी गर्नेहरूलाई कारबाही गरेको बताउनुभयो । सरकारले यो वर्ष ल्याउनुपर्ने सबै मल आइसकेको भन्दै २५ हजार मेट्रिक टन मल बाटोमा रहेको उहाँको भनाइ छ ।

भुसालले समयमा मल आयात हुन नसकेर अभाव सिर्जना भएको भन्दै समयमा मल नआउनुको मुख्य कारण समयमा बजेट नपाउनु भएको बताउनुभयो । उहाँले खरिद र ढुवानी प्रक्रियाका लागि लामो समय लाग्ने र बजेट नहुँदा समस्या हुने बताउनुभयो । उहाँले मल कारखाना बनाउने विषयमा भने गम्भीर समिक्षा गर्नुपर्ने अवस्था रहेको बताउनुभयो ।

प्रकाशित : १५ श्रावण २०८०, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६