कपिलवस्तु, १६ साउन । कपिलवस्तुको बाणगंगामा पुरुषोत्तम मासको अवसरमा पुरुषोत्तम महात्मय कथा बाचन तथा भजन किर्तन कार्यक्रम हुने भएको छ । अधिक श्रावण पक्ष अन्र्तगत लामो समयको अन्तरालमा परेको पुरुषोत्तम मासको अवसरमा बाणगंगाको कपिल आरोग्य मन्दिर कपिलधाममा उक्त कार्यक्रम आयोजनाको तयारी गरिएको हो ।
कपिलधामका अध्यक्ष शंकर प्रसाद आचर्यका अनुसार पुरुषोत्तम मासको अवसरमा यही साउन २१ गते देखि २५ गते सम्म पञ्जदिवसीय कार्यक्रम आयोजनाको तयरी गरिएको छ । उक्त कार्यक्रममा उपस्थित हुन समेत अध्यक्ष आचार्यले सबै भक्तजनहरुलाई आह्वान गर्नुभएको छ ।
पुरुषोत्तम महात्मय कार्यक्रममा अन्तराष्ट्रिय ख्याति प्राप्त गुरु श्री चैतन्यकृष्णद्धारा कथा वाचन सहित भजनकिर्तनको कार्यक्रम संचालन गरिने कपिल आरोग्य केन्द्र कपिलधामका अध्यक्ष आचार्यले जानकारी दिनुभयो । साउन २१ गते बिहान ११ बजे देखि सुरु हुने उक्त कार्यक्रम २५ गते सम्म निरन्तर दिउसो साढे ३ बजे सम्म नियमित संचालन गरीने जनाइएको छ । कार्यक्रममा भक्तजनहरुले सहभागिता जनाई पुरुषोत्तम मासको कथा श्रवणगरी पुण्य कामाउन सक्ने धामले जनाएको छ ।
प्रतिक्रिया