पार्वती पाण्डे
कपिलवस्तु १७ साउन ।वर्षौदेखि बसोबास गरेका भुमिहिन सुकुम्वासीलाई अतिक्रमण भन्दै जिल्ला डिभिजन वन कार्यालय कपिलवस्तुले हटाउन थालेपछि भुमि अधिकार तथा श्रमिक संगठन नेपाल जिल्ला कार्यसमितिले आपत्ति जनाएको छ ।देशैभर भुमिको समस्या विकराल अवस्थामा छ त्यसैमा पनि कपिलवस्तु अझ बढी समस्यामा रहेको छ । जिल्लामा सामुदायिक वन पिडित , राष्ट्रिय वन , साझेदारी वन पिडित , सार्वजनिक ताल किनार , शसस्त्र क्याप पिडित लगायतका शोषणरुपमा भुमि उपयोगक लागि समस्याहरु रहेका छन । यी समस्याबाट २५ हजार घर परिवार पिडामा रहेको भुमी अधिकार संगठनले जनाएको छ ।
सुरक्षित घरबास सबैलाई खेती योग्य जमिन जोताहा किसानलाई भन्ने सिद्धान्तको आधारमा स्थानीय भुउपयोग मितिको भुमिव्यवस्थापन ऐन गर्नु पर्ने माग राखिएको छ । नेपालको संविद्यान २०७२ मा मौलिक हकमा प्रत्येक नागरिकलाई उपयुक्त आवासको हक हुनेछ , कुनै पनि नागरिकलार्य जोतभोगको बासस्थानबाट हटाइने वा अतिक्रमण गरिने छैन भनिएको छ । सुकुम्बासीलाई उठीबास लगाउने कार्य बन्द गर्न संगठनले जोडदार माग गरेको छ । त्यस्तै जग्गा उपभोग कर दिने व्यवस्था गर्नुपर्ने , कानुनमा उल्लेखित १० वर्षदेखि बसोबास गर्दै आएका नागरिकलाई सोहि आधारमा लालपुर्जा दिन भन्ने स्थानीय सरकारलाई भुमि सम्बन्धि अधिकार दिएको हुदा भुमिहिन सुकुम्वासीलाई लालपुर्जा दिने व्यवस्था गर्न माग गरिएको छ । भुमि अधिकार तथा श्रमिक संगठन नेपाल जिल्ला कार्यसमिति कपिलवस्तुले राखेको अन्तरसंवाद कार्यक्रमलाई सम्बोधन गर्दै वाणगंगा नगरका मेयर चक्रपाणी अर्यालले नगर भुमिहिन सुकुम्बासीको पक्षमा रहेको बताउनु बताउनु भयो । वर्षौ देखि जोतभोग गर्दै आएका सुकुम्वासीहरुलाई हटाउन नमिल्ने तर हालचाल सुकुम्बासीका नाममा वन अतिक्रमण गर्न नमिल्ने बताउनु भयो । नगरमा ९ हजार ५८ जना सुकुम्बासीलाई डिजिटल निस्सा बितरण गरिसकेको बताउदै ३ वटा वडामा नाप जाँचको काम समेत सकिएको बताउनु भयो ।
नगरले सुकुम्बासी समस्या समाधान गर्न अग्रसरता देखाए पनि लुम्बिनी प्रदेशको मुख्य मन्त्री कार्यालयले काम अगाडि नबढाउन भने पछि प्रदेशको कानुनको विषयलाई लिएर थप काम अगाडि नबढेको बताउनु भयो । उहाँले अगाडि भन्नु भयो , “हामी यस समस्याको लागि निरन्तर पहलमा छौ ”।कार्यक्रममा बोल्दै नगरका उपमेयर रीता कुमारी चौधरीले नगरपालिका भुमिहिन , सुकुम्बासीको पक्षमा रहेको बताउनु भयो । हामी जनप्रतिनिधि भएको हुदा जनतालाई परेको पिरमर्का , समस्या समाधान गर्न सदैब लाग्ने प्रतिवद्धता जनाउनु भयो । कार्यक्रममा संगठनका केन्द्रिय सचिव हिरालाल पौडेलले स्थानीय सरकारले सुकुम्बासीका समस्या तत्काल समाधान गर्नु पर्ने बताउनु भयो। कार्यक्रममा केन्द्रीय सदस्य मञ्जु थारुले सुकुम्बासी समस्या सम्बन्धमा प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । प्रतिवेदनमा वाणगंगा १० जयपुर भेलरैया , गोगापुर, बहादुरपुरमा हजारौं सुकुम्वासी पिडित रहेको बताइएको छ । कार्यक्रममा पिडितको तर्फबाट देवी प्रसाद पाण्डे , यमप्रसाद सुनार, शम्भु थारुले बोल्नु भएको थियो । भिमलाल गौतमको अध्यक्षता , संगठनका जिल्ला अध्यक्ष महेन्द्र भुषालको स्वागतमा भएको कार्यक्रममा वडा नं २ का वडा अध्यक्ष एवं नगर प्रवक्ता विष्णु पौडेल , वडा नं १० का वडा अध्यक्ष यम प्रसाद पौख्रेल , नागरिक समाजका अध्यक्ष दोलख वहादुर पछाई , पत्रकार महासंघका निर्वतमान उपाध्यक्ष पार्वती पाण्डे , राष्ट्रिय स्वतन्त्र पाटीका नगर अध्यक्ष बुद्धिसागर बेल्बासे लगायतले समसामयिक विषयमा बोल्नु भएको थियो । कार्यक्रममा संगठनका केन्द्रीय सचिव हिरालाल पौडेलले नगर प्रमुख चक्रपाणी अर्याललाई सुकुम्बासी समस्या समाधानका लागि ज्ञापन पत्र वुझाउनु भएको थियो ।
प्रतिक्रिया