बुटवल, १७ साउन । लुम्बिनी प्रदेशमा लम्पी स्कि न रोगबाट ५ हजार बढि पशुको मृत्यु भएको छ ।लुम्बिनी प्रदेशको पछुपन्छी निर्देशनालयका अनुसार हाल सम्म प्रदेशमा ५ हजार ६४६ पशुको मृत्यु भएको छ । लुम्बिनी प्रदेशमा पहिलो पटक २ साउन ०७७ मा लम्पी स्किन रोगको संक्रमण फेला परेको थियो । हाल सम्म १ लाख ८१ ह्जार ९३५ पशु यो रोगबाट संक्रमणमा परेका छन् ।
निर्देशनालयका निर्देशक डा. परबेज आलमले लुम्बिनी प्रदेशमा लम्पी स्किन रोगका कारण १२ करोड ५० लाख बराबरको पशुमा क्षति भएको बताए । लम्पी स्किन रोग लागेका पशुबाट ५० प्रतिशत सम्म दुध उत्पादनमा कमी हुने भन्दै उनले अहिले प्रदेशमा दैनिक १ करोड ५० लाखको आर्थिक क्षति भइरहेको बताए ।
हाल प्रदेशमा प्रदेश स्तरिय लम्पीरोग नियन्त्रण कार्यदल गठन गरेर रोगको नियन्त्रणको पहल भइरहेको छ । प्रदेशमा अहिले ३० लाख बढिको औषधी तथा खोप खरिद गरी परिचालन गरिएको निर्देशनालयले जनाएको छ ।
हाल सम्म ३८ हजार ७९३ खोप तथा १ लाख २ हजार ४७६ पशुको उपचार गरिएको र त्यसका लागि ६३८ जनशक्ति परिचालन गरिएको बताइएको छ । स्थानिय तहबाट पनि लम्पी स्किन रोगको खोप लगाउने कार्य भइरहेको छ । यो रोगबाट प्रदेशमा २३ हजार ९२७ पशु निको भएको छन । अहिले प्रदेश सरकारले आकस्मिक कोषको बजेटले खोप खरिद गरेर जिल्ला जिल्लामा पठाइएको छ ।
निर्देशनालयका अनुसार आकस्मिक खोपका लागि ३९ लाख, खोप खरिदका लागि ५३ लाख, लजिष्टिकका लागि ३५ लाख १ करोड २७ लाख र थप नियन्त्रणका लागि २ करोड ८३ लाख बराबरको कार्ययोजना बनाई बजेट माग गरेको निर्देशनलयका निर्देशक आलमले बताए ।
प्रतिक्रिया