देश

क्रसर उद्योगहरू नवीकरण गरी तत्काल सञ्चालन हुने वातावरण बनाउन माग



काठमाडौँ, १८ साउन। नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासङ्घले तत्काल कानुन बमोजिम दर्ता भएका उद्योगहरू नवीकरण गरी सञ्चालन गर्ने वातावरण बनाउन माग गरेको छ ।

नेपाल सरकारबाट कानुन बमोजिम दर्ता भई इजाजत लिई सञ्चालनमा रहेका क्रसर, खानी तथा बालुवा उद्योगहरू नवीकरण गरी सञ्चालन गर्ने वातावरण बनाउन माग गरेको हो ।

महासङ्घले लामो समयदेखि सरकारबाट कानुन बमोजिम दर्ता भई इजाजत लिई सञ्चालनमा रहेका क्रसर, खानी तथा बालुवा उद्योगहरू नवीकरण नभएसम्म क्रसर उद्योगहरू बन्द गरिरहेको छ । महासङ्घका अध्यक्ष सीताराम न्यौपानेले ७७ वटै जिल्ला प्रशासन कार्यालयमा दर्ता भई सञ्चालित क्रसर उद्योगहरूको तत्काल नवीकरण गरी क्रसर उत्पादन, उत्खनन तथा बिक्री वितरण गर्ने वातावरण सरकारले बनाउनुपर्ने बताए ।

उनले तत्कालीन कानुन अनुसार दर्ता भई सञ्चालन अनुमति प्राप्त गरी सञ्चालित क्रसर, खानी तथा बालुवा उद्योगको नवीकरण गर्नु सरकारको दायित्व रहेको बताए ।

उनले सरकारको विभागीय मन्त्रालयहरू गृह,भौतिक पूर्वाधार र अर्थ मन्त्रालयमा क्रसर उद्योग दर्ता नवीकरणको लागि जाँदा एउटा मात्रै निकायले गर्न नसक्ने जवाफ दिएको भन्दै जिम्मेवार निकायहरूको जवाफले निजी क्षेत्रको अभिभावक नभएको अनुभव भएको गुनासो गरे । उनले प्रधानमन्त्रीले राष्ट्रिय क्रसर उद्योग दर्ता नवीकरण नहुनु राष्ट्रिय समस्या भएको भनिसकेकाले तत्काल निर्णय गर्नुपर्ने उल्लेख गरे ।

उनले कानुनसम्मत दर्ता भएका उद्योग मापदण्डका कारण नवीकरण नभएका उद्योगले नेपाल सरकारलाई तिर्नुपर्ने कर तिरेर नवीकरण गरी सञ्चालन गर्ने विषयमा सरकारले तत्काल निकास दिनुपर्ने बताए ।

प्रकाशित : १८ श्रावण २०८०, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६