देश

संवैधानिक परिषदको बैठक बस्दै



काठमाडौं, १८ साउन । प्रधानन्यायाधीश नियुक्ति सिफारिसका लागि संवैधानिक परिषदको बैठक आज बस्दै छ । बैठक प्रधानमन्त्री कार्यालय सिंहदरबारमा साँझ ५ बजे बस्न लागेको हो ।

हालका प्रधानन्यायाधीश हरिकृष्ण कार्की यही साउन १९ गते अनिवार्य अवकाशमा जाने भएकाले नयाँ प्रधानन्यायाधीश सिफारिस गर्न लागिएको हो । वरिष्ठताको आधारमा न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ भावी प्रधानन्यायाधीशको रोलक्रममा पहिलो नम्बरमा छन् ।

संविधानको धारा २८४ को उपधारा ३ को व्यवस्थाअनुसार प्रधानन्यायाधीशको अवकास हुनुभन्दा एक महिना अगाडि नै नयाँ नियुक्ति सिफारिस गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।

उक्त व्यवस्था अनुसार १९ असारमै प्रस्तावित प्रधानन्यायाधीशको नाम सिफारिस हुनुपर्नेमा बैठक बस्न ढिलाइ हुँदा सिफारिस हुन सकेको छैन । गत मंगलबार पनि संवैधानिक परिषद बैठक बसेको थियो । तर नियुक्ति सिफारिस हुन सकेको थिएन ।

प्रकाशित : १८ श्रावण २०८०, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६