प्रदेश

दाजुको अस्तु सेलाउन गएका दाङका लोकेन्द्र नारायणीमा बगेर बेपत्ता



दाङ, १९ साउन । दाजुको अस्तु सेलाउन गएका दाङ तुलसीपुर उपमहानगरपालिका–१२ कौवापुरका लोकेन्द्र भुसाललाई नारायणी नदीले बगाउँदा बेपत्ता हुनुभएको छ । बिहीवार दाजु रेमन्तको अस्तु देवघाटमा सेलाउन गएका लोकेन्द्रलाई नारायणीले बगाएको हो ।

रेमन्तका फुपूका छोरा ३२ वर्षीय लोकेन्द्रलाई शुक्रवार बिहान नारायणी नदीले बगाएको चितवन प्रहरीलाई उद्धृत गर्दै पारिवारिक स्रोतले जानकारी दिएको छ । बेपत्ता लोकेन्द्रको खोजी भइरहेको प्रहरीको भनाइ छ ।

तुलसीपुर–१२ को रझेनामा साउन १५ गते बेलुका मोटरसाइकल र स्कुटर ठोकिँदा गम्भीर घाइते हुनुभएका रेमन्तको उपचारका क्रममा बुधवार भारतको लखनउमा ज्यान गएको थियो ।

प्रकाशित : १९ श्रावण २०८०, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६