देश

भन्सार छलेर ल्याइएको साढे ५ लाख रुपैयाँ मूल्य बराबरका आइफोनका कभर बरामद




रुपन्देही, १९ साउन ।
सशस्त्र प्रहरी बल नेपालको प्रस्तावित सीमा सुरक्षा गुल्म डन्डाले भन्सार छलेर भारतबाट ल्याइएको झन्डै साढे ५ लाख रुपैयाँ मूल्य बराबरका आइफोनका कभर बेवारिसे अवस्थामा बरामद गरेको छ ।

विशेष सूचनाको आधारमा उक्त गुल्मबाट खटिएको टोलीले भैरहवा नजिकैको ओमसतिया गाउँपालिका–४ बसन्तपुरको बाइपासस्थित एउटा घरको खुल्ला अवस्थामा रहेको सटरमा तीनवटा कार्टुनभित्र लुकाएर राखिएका मोबाइलका कभर बुधबार बरामद गरेको हो ।

गुल्मका अनुसार, बरामद भएका सामग्रीमा ३ सय २५ थान आइफोनको कभर, आइफोनको सुपरग्लास १ हजार थान र आइफोनकै स्मार्ट वाच कभर २७ थान छन् ।

गुल्मका प्रमुख तथा सशस्त्र प्रहरी नायब उपरीक्षक अरुण शर्माका अनुसार पक्राउ गर्न गएको सशस्त्र प्रहरीको टोलीलाई देखेपछि तस्करले उक्त स्थानमा खुल्ला अवस्थामा रहेको एउटा सटरभित्र ती सामाग्री लुकाएर फरार भएको र बरामद भएका सामाग्री भैरहवा भन्सार कार्यालयमा बुझाइएको बताए । उनका अनुसार, बरामद गरिएको ती सामाग्रीको मूल्य ५ लाख ४२ हजार ५ सय रुपैयाँ छ ।

प्रकाशित : १९ श्रावण २०८०, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६