देश

ओभरलोड बोक्ने ट्रकलाई ट्रक समितिद्वारा नै कारबाही



दाङ, १९ साउन । दाङमा ओभरलोड बोक्ने मालबाहक ट्रकलाई ट्रक समितिले नै कारबाही गर्ने अभियान सुरु भएको छ।
राप्ती अञ्चल संयुक्त ट्रक व्यवसायी समिति दाङले विगत एक हप्तादेखि यो अभियानलाई कडाइका साथ लागू गरेको छ। विशेषगरी पूर्व—पश्चिम राजमार्ग भई चल्ने मालबाहक ट्रकहरूलाई लक्षित गरी ओभरलोड बोक्ने ट्रकलाई कारबाही अभियान सञ्चालन गरिएको ट्रक समितिले जनाएको छ।

दाङको देउखुरीमा एक हप्ताको अवधिमा ओभरलोड बोकेका ३० बढी ट्रक कारबाहीलाई गरिएको छ। ढुवानीका सवारीसाधन ओभरलोड नियन्त्रणमा विभिन्न व्यक्तित्वहरूसँगको छलफलपश्चात् ट्रक व्यवसायीहरूको हकहितका निम्ति राप्ती अञ्चल संयुक्त ट्रक व्यवसायी समितिले चौबिसै घण्टा चेकजाँच गर्दै आएको छ।

यस्तै, बिहीबार गढवा गाउँपालिका १, जुरौनीमा सिमेन्ट र मलखाँद बोकेका ओभरलोड ५ वटा ट्रक कारबाहीमा परेका समिति चेक पोष्ट जुरौनीका इन्चार्ज हिरा हमालले बताए । ५ वटै ट्रकका चालकहरूलाई पहिलोपटक अबका दिनमा क्षमताभन्दा बढी माल नबोक्न कागज गराएर छोडिएको उनले बताए।

भारवान क्षमताभन्दा धेरै माल बोकेर हिँडेका ट्रक सहितका भारवान साधनलाई ठाउँको ठाउँ कारबाहीसमेत गरिएको छ। यो अवधिमा करिब ३० वटाभन्दा धेरै साधनलाई ट्राफिक जरिवाना सहितको कारबाही गरिएको ट्रक समितिले जनाएको छ। ट्राफिक प्रहरी, नेपाल प्रहरी, समितिका पदाधिकारीसहित अध्यक्ष रत्नप्रसाद श्रेष्ठ स्वयम् चेकजाँचमा खटिँदै आएका छन्।

ओभरलोड निर्मूल पार्न लगातार चेकजाँच गरिने समितिका अध्यक्ष श्रेष्ठको भनाइ छ। ‘भारवान क्षमताभन्दा बढी सामान बोकेर ट्रकहरू बाटोमा दौडिँदा एकातर्फ दुर्घटनाको डर छ, अर्कोतर्फ गाडीमा क्षति पुग्छ, बाटो बिग्रन्छ’ उनले भने।

ओभरलोडबाट खर्च उठाउने लोभमा पर्दा राज्यले तोकेको भाडासमेत ट्रक व्यावसायीहरुले पाउन नसकेको उनको भनाइ छ।क्षमताभन्दा धेरै लोड बोक्दा दुर्घटनाको जोखिम हुने र गाडीलाई समेत असर पर्ने भन्दै उनले त्यसलाई रोक्नको लागि आफूहरुले यो अभियान सुरु गरेको बताए।

यातायात व्यवस्था विभागले नेपाली नम्बर प्लेटका सवारी चक्काको आधारमा १२ चक्के ट्रकको अधिकतम भारवाहन क्षमता २१ टन कायम गरेको छ। तर, १२ चक्के ट्रकले २५ टनसम्म लोड बोकेको पाइएपछि ३० बढी मालबाहक सवारीहरु कारबाहीमा परेका हुन्।

प्रकाशित : १९ श्रावण २०८०, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६