अर्थ-वाणिज्य

सुन तस्कर पेरीसडाडामा भरिया कारागारमा भन्दै बुटवलमा टर्च जुलुस




रुपन्देही १९ साउन । नेकपा एमाले समर्थित अनेरास्ववियु रुपन्देहीले बुधबार बुटवलमा टर्च जुलुस गरेको छ ।टर्च बोकेका अखिलका नेता तथा कार्यकर्ताहरुले बुटवल बहुमुखी क्याम्पसदेखि ट्राफिकचोकसम्म जुलुस गरेको अनेरास्ववियु रुपन्देही उपाध्यक्ष भरत अर्यालले बताए ।जुलुसका सहभागीहरुले ‘सुन तस्कर पेरिसडाँडामा, भरिया थुनामा’ लगायतका विभिन्न प्लेकार्ड बोकेका थिए । जुलुसको नेतृत्व अखिलका जिल्ला अध्यक्ष रमेश ढकालले गरेका थिए ।जुलुसपछि आयोजित कोणसभामा अनेरास्ववियुका केन्द्रीय सदस्य साजन भण्डारी, शेषकान्त पोखरेल, कृष्ण बस्यालले सरकारले आफू निकटका व्यक्तिलाई जोगाउने प्रपन्च गरेको आरोप लगाएका थिए । उनीहरुले प्रधानमन्त्री र गृहमन्त्रीले आफ्ना पार्टीका आरोपितहरुलाई जोगाउन अनेक बहाना गरेको आरोप लगाए ।

प्रकाशित : १९ श्रावण २०८०, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६