प्रदेश

अव सबै तहमा यूथ फोर्स : महंगी, भ्रष्टाचार विरुद्ध उत्रन युवालाई नेता बस्नेतको निर्देशन



पार्वती पाण्डे
कपिलवस्तु, २२ साउन ।नेकपा एमालेका पोलिटब्युरो सदस्य एवं पुर्व मन्त्री महेश बस्नेतले काँग्रेस, माओवादी, एकीकृत समाजवादी, जसपा लगायतका दलको स्वार्थ भनेको सत्ता प्राप्ति मात्र रहेको, देश र जनताको पक्षमा बोल्ने र काम गर्ने पार्टी एमाले मात्र रहेको वताउनुभयो । राष्ट्रियता र लोकतन्त्रको पक्षमा बोल्ने पार्टी एमाले एक्लै भएका कारण अहिले एमाले विरुद्ध मोर्चाबन्दी गरिएको वताउँदै नेता बस्नेतले युवालाई उच्च मनोबलको साथ अघि बढ्न आग्रह गर्नुभयो ।आगामी निर्वाचनको तयारीका लागि एमाले नेतृत्वको सरकारले गरेका राम्रा काम लिएर जनता माझ जान आग्रह गर्दै नेता बस्नेतले वर्तमान सरकारका कारण भईरहेको महंगी, भ्रष्टाचार, अनियमितता, राष्ट्रहित विरोधी कार्यहरूको विरुद्ध उत्रन युवाहरुलाई निर्देशन दिनुभयो । युवा संघ जिल्ला आयोजक समिति कपिलवस्तुले राखेको भेला तथा प्रशिक्षण कार्यक्रममा आइतवार पिस हिमालयन रिर्सोटमा बोल्दै नेता बस्नेतले यस्तो बताउनु भएको हो ।


युवा भनेको एमालेका खम्बा हो , यसले जहिले पनि सामाजिक काममा अग्रसरता देखाउनु पर्ने औल्याउनु भयो । केपी ओली सरकारमा रहदा गरेका राम्रा कामहरु ओझेलमा परेको भन्दै ति कामलाई फेरिष्त गर्न युवा सक्रिय हुनु पर्ने उहाँले बताउनु भयो । उहाँले भन्नु भयो ,“ एमाले सरकारमा हुदा मनमोहन अधिकारीले १ सय रुपियाँबाट शुरु भएको वृद्ध भत्ता केपी ओली सरकारले ४ हजार बनाएको छ । ६८ वर्ष उमेर पुगेकालाई निशुल्क उपचार , राजमार्ग , हुलाकी सडक बनाउने धैरै महत्वपुर्ण काम एमाले सरकारमा रहदा गरेको छ , यि प्रचार गर्न युवाहरु चुक्नु हुदैन ।” नेकपा एमालेले परिकल्पना गरेको समृद्ध नेपाल , सुखी नेपालीलाई साकार पार्न यो देशमा एमाले बाहेक अरु कोहि नरहेको पुर्व मन्त्री समेत रहनु भएका बस्नेतले प्रष्ट्याउनु भयो ।“युवालाई रोजगारी दिने , युवालाई नेतृत्वमा ल्याउने निति नेकपा एमालेले अघि सारेको छ” , उहाँले भन्नु भयो । यो देशमा भिजन भएको , दुरदर्शिता भएको , राष्ट्रपति माया भएको राजनेता केपी ओली भएको ठोकुवा गर्नु भयो ।


उहाँले अर्को प्रसंगमा भन्नु भयो , देश आर्थिक रुपले टाट पल्टेको छ , वैंकहरुमा पैसा छैन , तर नेपाली कांग्रेसका विनोध चौधरीले ५० अरब कमाए भनेका छन । त्यसैले पनि यो कुरा जनतालाई युवाले वुझाउनु जरुरी छ , उहाँले भन्नु भयो । युवाहरुले आफुहरुलाई अब्बल बनाउदै आगामी निर्वाचनमा एमालेको वहुमत ल्याउने गरि लाग्नु पर्ने प्रष्ट्याउनु भयो ।कार्यक्रममा युवा संघका केन्द्रीय उपाध्यक्ष अमित लामाले देश परिवर्तनका लागि लाखौं युवाहरु सडकमा उत्रिएको स्मरण गर्दै आगामी दिनमा रचनात्मक र सामाजिक काम ,उत्पादनसिल कार्यमा लाग्नु पर्नेमा जोड दिनु भयो ।


कार्यक्रममा महासचिव सुमन पुरीले युवालाई नेतृत्वमा ल्याउनु पर्नेमा जोड दिनु भयो । युवाहरुलाई प्रोत्साहन गर्दै , दक्ष बनाउदै विभिन्न अवसर प्रदान गर्नु पर्ने जनाउनु भयो । कार्यक्रममा पाटीका केन्द्रीय सदस्य एवं नवलपरासी इन्चार्ज वलराम अधिकारीले युवाहरुले देशका लागि अन्य पाटीका युवाले भन्दा पृथक काम गर्नु पर्ने जनाउनु भयो । एमाले कपिलवस्तुका जिल्ला अध्यक्ष डम्मर शमाले युवाहरुले आफुहरुलाई पनि सुधार गर्दै रचनात्मक कार्यमा लाग्नु पर्ने बताउनु भयो । चौतारीका नगर अध्यक्ष हरि आचार्यको सञ्चालन , सदस्य राम प्रसाद भुषालको स्वागतमा भएको कार्यक्रममा प्रदेश कमिटि सदस्य एवं वाणगंगाका मेयर चक्रपाणी अर्याल , प्रदेश कमिटि सदस्यहरु बाबुराम खनाल , तुलावहादुर अधिकारी , जिल्लाका युवा नेता भेषराज पाण्डे लगायतले समसामयिक विषयवस्तुमा बोल्नु भएको थियो ।


कार्यक्रममा आगामी कार्ययोजनाबारे आयोजक कमिटिका संयोजक कमल क्षेत्रीले प्रस्तुत गर्नु भएको थियो । उक्त योजनालाई सर्वसम्मतले पारित गरिएको थियो । कार्यक्रममा वाणगंगा नगरका नेपाली कांग्रेस देखि अन्य दलका करिब १ सय जना युवा एमालेमा प्रवेश गरेको युवा संघका जिल्ला इन्चार्ज सर्बेन्द्रदेव खनालले बताउनु भयो । प्रवेश गर्ने युवाहरुले अन्य दल भन्दा एमाले राम्रो लागेको बताउदै युवाहरुको क्षमता हेरिकन विभिन्न अवसरहरु दिलाउनु पर्ने बताएका थिए ।

प्रकाशित : २२ श्रावण २०८०, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६