देश

एमालेद्वारा राष्ट्रियसभा बैठक अवरुद्व



काठमाडौं, २२ साउन । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले राष्ट्रियसभा बैठक अवरुद्व पारेको छ। सोमबार राष्ट्रियसभा बैठक सुरु भएलगत्तै एमालेका सांसदहरुले रोष्ट्रमबाट उठेका थिए।

त्यसपछि सभाध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले एमाले सांसद दिलकुमारी रावल पार्वतीलाई बोल्न समय दिएका थिए । उनले सुन काण्डमा सरकारले मात्रै छानविन गरेर सम्भव नहुने भन्दै उच्च स्तरीय छानविन समिति गठन गरेरै अनुसन्धान गर्नुपर्ने बताइन् । उनले उच्चास्तरीय छानविन समिति गठन नभएसम्म संसद निरन्तर रुपमा अवरुद्व रहने बताइन् ।

सुन प्रकरणमा उच्चस्तरीय छानविन समिति माग गर्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले साउन १० गतेदेखि प्रतिनिधिसभा र राष्ट्रियसभा बैठक अवरुद्व पार्दै आएको छ। एमालेको अवरोधपछि स्थगित भएको बैठक यसअघि दुईपटकसम्म प्रतिनिधिसभा बैठक स्थगित भएको थियो।

प्रकाशित : २२ श्रावण २०८०, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६