देश

संसदीय समितिमा भागबण्डा मिल्यो, कुन दललाई कति समिति ?



काठमाडौं, २२ साउन । संसदीय समितिको भागबन्डा टुंगिएको छ। आइतबार साँझ प्रमुख सचेतकहरूको बैठकले संसदीय समिति सभापतिको भागबन्डा टुंगो लगाएका हुन्।

नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माअ‍ोवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी, जनता समाजवादी पार्टी र जनमत पार्टीका प्रमुख सचेतकहरूको बैठकले समिति सभापतिको टुंगो लगाएको हो।

समितिको भागबन्डा प्रतिनिधिसभा दलहरूको संख्याका आधारमा गरिएको नेकपा माओवादी केन्द्रका एक सांसदले जानकारी दिए। उनले आज बसेको पार्टीको संसदीय दलको बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यसबारे जानकारी गराएको बताए।

प्रतिनिधिसभामा सबैभन्दा ठूलो दल रहेको कांग्रेसले चार वटा समिति पाएको छ। यस्तै प्रतिनिधिसभामा दोस्रो ठूलो दल नेकपा एमाले तीन, माओवादी केन्द्र दुई, नेकपा एस, जसपा र जनमत पार्टीले एक÷एक समिति पाएका छन्। प्रतिनिधिसभामा चौथो र पाँचौँ ठूलो दलका रूपमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले नेतृत्व पाउन सकेनन्।

सभामुख देवराज घिमिरेले संसदीय समितिलाई पूर्णता दिन शीर्ष नेताहरूलाई बोलाएका छन्। उनले प्रधानमन्त्री प्रचण्डसहित कांग्रेस सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी शर्मा ओलीलाई छलफलका लागि मध्यान्ह १२ बजे बोलाएका हुन्।

कांग्रेसले अर्थ समिति, संसदीय सुनुवाइ विशेष समिति, राज्य व्यवस्था समिति र कृषि समितिको नेतृत्व पाएको छ। एमालेले सार्वजनिक लेखा समिति, महिला तथा सामाजिक मामिला समिति र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिमा नेतृत्व पाएको छ।

माओवादी केन्द्र पूर्वाधार विकास समिति र कानुन, न्याय तथा मानव अधिकार समिति, नेकपा एस शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि, जसपा अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति र जनमत पार्टीले उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको नेतृत्व पाउने भएको हो।

प्रकाशित : २२ श्रावण २०८०, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६