देश

सभामुखसहित तीन दलको बैठक बालुवाटारमा सुरु



काठमाडौं, २३ साउन । संसदमा जारी गतिरोध हटाउने विषयमा शीर्ष नेताहरुबीच छलफल सुरु भएको छ। संसद खोल्ने प्रयास स्वरुप प्रधानमन्त्री निवास बालुवाटारमा तीन दलको बैठक बसेको हो।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख देवराज घिमिरे, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहित तीन दलका प्रमुख सचेतकहरू उपस्थित छन् ।

सभामुख घिमिरेको आह्वानमा हिजो बसेको तीन दलका शीर्ष नेताको बैठक निश्कर्षमा पुग्न नसकेपछि आज बिहान बस्ने गरी स्थगित भएको थियो। बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले उच्चस्तरीय छानबिन आयोग गठनका प्राविधिक पक्ष, उद्देश्य तथा प्रभावकारिताबारे आफूले जानकारी लिएर निष्कर्ष दिने बताएपछि बैठक आज बस्ने गरी सकिएको थियो। सभामुख घिमिरेले नेताहरुबीच सकारात्मक छलफल भएकोले आज सहमति जुट्न सक्ने बताएका छन्।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भन्सार छलीको क्विन्टल सुन प्रकरणको अनुसन्धानका लागि उच्चस्तरीय छानबिन आयोग गठनको माग गर्दै संसद बैठक अवरुद्ध पार्दै आएको छ। हिजो दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक सूचना टाँसेर आज दिउँसो ३ बजेका लागि सारिएको थियो भने राष्ट्रियसभा बैठक एमाले सांसदहरुले नाराबाजी गरेपछि स्थगित गरिएको थियो।

आज बैठक बसेमा सभामुख घिमिरेले प्रतिनिधिसभा सदस्य टोपबहादुर रायमाझी निलम्बन भएको जानकारी गराउने कार्यसूची छ। यस्तै शिक्षामन्त्री अशोक राईले नेपाल विश्वविद्यालय विधेयक २०८० लाई दफावार छलफलका लागि सम्बिन्धत समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने लगायतका कार्यसूची रहेको संसद सचिवालयले जानकारी दिएको छ।

प्रकाशित : २३ श्रावण २०८०, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६