बाणगंगा, २३ साउन ।
कपिलवस्तुको वाणगंगा र बुद्धभूमि नगरपालिकाको सिमा क्षेत्र ‘खारखानी’ गएराती बसको ठक्करबाट १० गाइगोरुको मृत्यु भएको छ । काठमाण्डौबाट दाङ जादै गरेको रात्री बसको ठक्करबाट ५ गाई र ५ गोरुको मृत्यु हुनका साथै ४ वटा पशु चौपायाँ घाईते भएको ईलाका प्रहरी कार्यालय गोरुसिङ्गे का प्रहरी निरिक्षक नरेश बहादुर शाहीले बताए ।
गाईगोरुलाई ठक्कर दिने वसलाई इलाका प्रहरी कार्यालय गोरुसिङ्गेको नियन्त्रणमा रहेको छ । राती अध्यधिक पानी परेको र तिब्र गतिका कारण विच सड्कमा रहेका गाईगोरु ठोक्किएको चालकको भनाईलाई उद्धित गर्दै प्रहरीले जानकारी गराएका छन् ।
प्रहरी निरिक्षक शाहीका अनुसार घाईते पशुको जिल्ला पशु सेवा कार्यालयका पशु चिकित्सक बोलाएर उपचार गरि जंगलतिर लागेको र अन्यको पोष्ट मार्टम गरि गाडीएको बताए । यतिधेरै संख्यामा गाईगोरुलाई ठक्कर दिई ज्यान दिनु गम्भिर लार्पवाही भएको भन्दै दोषीलाई कार्वाही गर्नुपर्ने स्थानियहरु बताउछन् ।
प्रतिक्रिया