देश

कांग्रेस सांसद सुनील शर्मा नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा पक्राउ



काठमाण्डौ, २५ साउन । नेपाली कांग्रेसका सांसद सुनील शर्मा पक्राउ परेका छन् । उनलाई मण्डिखाटार निवासबाटै आज बिहीवार दिउँसो प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी० को टोलीले पक्राउ गरेको हो ।

शर्मालाई नक्कली शैक्षिक प्रमाणपत्रको कसुरमा पक्राउ गरिएको स्रोतले जनाएको छ । उनले प्रवीणता प्रमाणपत्र तह पास गरेको नक्कली प्रमाणपत्र पेस गरेर त्योभन्दा माथिल्लो तहको अध्ययन गरेको प्रहरीको आरोप छ ।

शर्माले कांग्रेसका केही नेताहरूलाई फोन गरेर आफू पक्राउ परेको जानकारी दिएका स्रोतले बताएको छ । शर्माले सञ्चालन गरेका मेडिकल कलेजका बेथितिबारे धेरै उजुरी परेका छन् ।

शर्माले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक सय किलो सुन तस्करी प्रकरणको छानबिन गर्न उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डाक्टर प्रकाशशरण महतको राजीनामा माग गरेका थिए । उनी मोरङ क्षेत्र नम्बर ३ बाट नेपाली कांग्रेसबाट निर्वाचित भएका थिए ।

प्रकाशित : २५ श्रावण २०८०, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६