कपिलवस्तु, २६ साउन ।
कपिलवस्तुको विजयनगर गाउँपालिकामा करेन्ट लागेर एक बालिकाको मृत्यु भएको छ । विजयनगर गाउँपालिकाको वडा नम्बर २ जरलैया बस्ने चाँद अली भाँटको बर्ष ६ छोरी साहिना खातुनको करेन्ट लागेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय गणेशपुका प्रहरी निरीक्षक कृष्ण रानाले जानकारी दिनुभयो ।
आज दिउँसो १ बजेको समयमा घरको नल्कामा जडान गरिएको पानी तान्ने मोटरबाट नुहाउने क्रममा अचानक छोरी करेन्ट प्रवाह हुँदा साहिनाको मृत्यु भएको प्रहरी निरीक्षक रानाले बताउनु भयो ।
खातुनलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । करेन्ट लागेर साहिनाको हजुरआमा ४८ वर्षिय अन्जुम भाँट घाइते भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार नातिनीलाई बचाउने क्रममा अन्जुम भाँट घाइते भएको र उनको अवस्था सामान्य रहेको वडाअध्यक्ष नेपाल चौधरीले जानकारी दिनु भयो ।
प्रतिक्रिया