प्रदेश

बाँदर धपाउँदा बन्दुक पड्किएर अर्घाखाँचीमा एकजनाको मृत्यु



अर्घाखाँची, २६ साउन। मकैबारीमा आएका बाँदर धपाउने क्रममा आफैले बोकेको भरुवा बन्दुक पड्किदा अर्घाखाँचीमा एक जनाको ज्यान गएको छ । मकै बारीमा आएको बाँदर धपाउन जाने क्रममा भुमिकास्थान नगरपालिका वडा नम्बर ७ पानडाँडाका ४५ वर्षिय पदम केसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ।

आफैले बोकेको एकनाले भरुवा बन्दुक पड्किएर गम्भीर घाइते भएका केसीको जिल्ला अस्पताल सन्धिखर्कमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायव उपरिक्षक मुकुन्द रिजालले बताउनुभयो ।
भरुवा बन्दुक नियन्त्रणमा लिइ घटनाको थप अनुसन्धान सुरु गरिएको प्रहरीको भनाई छ ।

प्रकाशित : २६ श्रावण २०८०, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६