खोज–अनुसन्धान

कपिलवस्तुबाट तीन नक्कली बाबा पक्राऊ : धर्मको नाममा ठगीधन्दा चलाएको आरोप



कपिलवस्तु २६ साउन । नक्कली साधु बनेर ठगी गर्दै हिँड्ने एक गिरोहलाई कपिलवस्तुबाट पक्राउ गरिएको छ । कपिलवस्तु नगरपालिका अन्तर्गत वडा नम्बर ११ बाट ३ जना साधुलाई अस्थायी प्रहरी पोष्ट जहदीले शुक्रबार विहान नियन्त्रणमा लिएको हो ।नक्कली भेष धारण गरेर धर्मको नाममा ठगीधन्दा चलाएको स्थानीयको भनाईको आधारमा नियन्त्रणमा लिइएको प्रहरीको भनाई छ । अहिले उनीहरुलाई इलाका प्रहरी कार्यालय पिपराले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

उनीहरुको साथबाट भारत सरकारले प्रदान गरेको आधार कार्ड पनि भेटिएको छ । स्थानीय पुजारी जित बहादुर कुर्मीका अनुसार ती साधु साधु नभएर नक्कली गेरु वस्त्र धारण गरेको ठग रहेका छन् । गाउँगाउँमा पसेर धर्मको नाममा बिभिन्न डर सिर्जना गरी १०, १५, २० हजारका दरले गठ गर्ने, फुकफाक गरी तपाईको सम्पत्ति २ गुणा बनाइदिन्छु लगायतका भ्रम छरेर गठी गरेको सुनिएको कुर्मी बताउँछन् । यता प्रहरीले अनुसन्धान भइरहेको भन्दै ठगी गरेको पाइए कानुन अनुसार कारबाही हुने बताउँछ । प्रहरी नीरिक्षक कोशिसबाबु जोशीले गाउँलेसंग फुकफाक गरेर ठग गरेको प्रारम्भिक जानकारी आएको बताए । उनीहरु स्थायी नभएर घुमन्ते साधु भएको जोशीको भनाई छ । नक्कली रहेर ठगी नै गरेको प्रमाणित भए कारबाही गर्ने उनी बताउँछन् ।

प्रकाशित : २६ श्रावण २०८०, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६