प्रदेश

लुम्बिनी प्रदेशसभाको सचिवमा पुनः दुर्लभकुमार पुन नियुक्त



बुटवल, २८ साउन । लुम्बिनी प्रदेशसभाको सचिवमा पुनः दुर्लभकुमार पुन नियुक्त भएका छन् । सभामुख तुलाराम घर्ती मगरको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले आज पुनलाई नियुक्त गरेका हुन ।

नेपालको संविधानको धारा १९५ बमोजिम प्रदेश प्रमुख शेरचनले पुनलाई नियुक्ति गरेका हुन । यस अघि पुनले ५ वर्ष प्रदेश सभा सचिवालयको जिम्मेवारी सम्हाली सकेका छन् । सुदूरपश्चिम प्रदेशको कैलालीमा जन्मिएका पुन माओवादी जनयुद्धमा ५ वर्ष भूमिगत हुँदै राजनीतिकमा सक्रिय थिए ।

४८ वर्षीय पुन नेपाल ल क्याम्पसबाट कानुन विषयमा स्नातकोत्तर राजनीति शास्त्रमा पनि स्नातकोत्तर उर्तिण गरेका छन् । उनी ६ वर्ष कानुन व्यवसायमा संलग्न रहेका पुनसँग पत्रकारिताको पनि अनुभव छ ।

प्रकाशित : २८ श्रावण २०८०, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६