देश

४५ बुँदे कार्यप्रगति सार्वजनिक गर्दै मन्त्रालयबाट बिदा भए मोदी



काठमाडौँ,२९ साउन । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट अमनलाल मोदी बिदा भएका छन् । माओवादी केन्द्रको निर्णयअनुसार उनलाई फिर्ता बोलाएर जनमतलाई सो मन्त्रालय दिइएसँगै मोदी सोमबार मन्त्रालयबाट औपचारिक रुपमा बिदा भएका हुन् । मन्त्रालयमा आयोजित बिदाइ पत्रकार सम्मेलनमा मोदीले आफ्नो कार्यकालमा गरेका ४५ बुँदे कार्यप्रगति सार्वजनिक गरे । जसमा संघीय निजामती सेवा सम्बन्धी विधेयकको मस्यौदा मन्त्रिपरिषद्मा पेश गरिएको उल्लेख गरिएको छ ।

यस्तै निर्माणजन्य सामग्रीको व्यवस्थापन तथा नियमन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक मन्त्रिपरिषद्मा पेश गरिएको, केबुलकार निर्माण तथा सञ्चालन सम्बन्धी नमुना कार्यविधि तयार गरिएको, विभिन्न स्थानीय तहमा स्थलगत रुपमा कार्यसम्पादन सहजीकरण गरिएकोलगायत ४५ बुँदामा मोदीले आफ्नो कार्यप्रगति सार्वजनिक गरेका छन् ।

प्रकाशित : २९ श्रावण २०८०, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६