प्रदेश

बुटवलमा रोकिराखेको ट्रकमा आगलागी



बुटवल, २९ साउन । रुपन्देहीको बुटवल उपमहानगपालिका–१० कालिकानगरमा रोकिराखेको ट्रकमा आगो लागलागी भएको छ ।
कालिकानगरस्थित कालिका पेट्रोल पम्प अगाडि रोकिराखेको प्रदेश २– ०३–१११ ख २५११ नम्बरको ट्रकमा सोमबार दिउँसो एक्कासी आगो लागेको हो ।

चालक र सहचालकले ट्रक रोकेर भित्रै खाना पकाउने क्रममा आगो लागेको प्रहरीले जनाएको छ । ट्रकमा लागेको आगो स्थानीय र सडकका यात्रीको सहयोगमा निभाइएको थियो ।

आगलागीले मानवीय क्षति भने भएको छैन । यसअघि रोकिराखेका ट्रकभित्रै खाना पकाउने क्रममा आगलागीका घटना बाहिरिएका थिए ।

प्रकाशित : २९ श्रावण २०८०, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६