प्रदेश

अनुसन्धानमा सघाउन तयार छुः महरा



दाङ, ३० साउन ।

पूर्वसभामुख कृष्णबहादुर महराले सुन तस्करीको प्रकरणमा अनुसन्धान लागि सरकारलाई सघाउन आफू तयार भएको बताएका छन् । घोराहीमा मंगलबार पर्टीको कामको सिलसिलामा दाङ आएको अवसरमा माओवादी सम्बद्ध पत्रकारसँग कुरा गर्दै महराले सुन तस्करी प्रकरणमा आफ्नो नाम जोडिएर बाहिर आएको विषयमा सरकारलाई अनुसन्धानका लागि सघाउन तयार रहेको बताएका हुन्।

‘सुन प्रकरणबारे सरकारलाई कुनै पनि छानबिनका लागि सघाउनका निम्ति तयार छु भनेर भन्दै आएको छु । अनुसन्धानका लागि मलाई बोलाउनुस् पनि भनेकै छु । तर बोलाउँदैनन् त के गर्नु ?’ उनले भने ।

उनले सुन तस्करी प्रकरणमा जोडिएको भनिएका चिनियाँ नागरिक वाङलाई फलफुल व्यापारीका रुपमामात्र चिनेको बताए । त्यसबाहेक उनलाई आफूले नचिनेको उनको भनाइ छ । महराले भने मेरी श्रीमतीलाई वाङले आमा भनेर सम्बोधन गर्थे, उनको मृत्युमा दुइ काटुन फलफूल लिएर भेट्न आएका थिए । यसलाई फलफूल व्यापारीको रुपमा चिनेको थिए तर त्यसरी चिन्नु पनि अपराध हो त ? अब त कसैसंग फोटो खिचाउन पनि डर लाग्ने भैसक्यो ।

‘सुनको स को पनि कुरा भएको थिएन, मलाई के छ भनेर थाहा पनि भएन, मैले वाङ भन्ने मान्छेसंग फोन गरेकै छैन । महारले सुन प्रकरणमा आफूलाई विनाकारण मुछिएको बताउँदै सञ्चार माध्यममा गलत प्रचार भएको गुनासो गरे । उनले सुन तस्करीको भनेको टोलिफोन संवादका विषयमा कुनै पनि फोन संवाद नभएको दाबी गरे । बरु वाङले आफूलाई भेटेर एक जना साथीको इलोक्ट्रोनिक चुरोट भन्सारमा रोकिएको र भन्सारबाट निकालिदिन भनेर आग्रह गरेको बताए । ‘सबैभन्दा पहिले वार्तामा आउनुपर्छ भन्ने मान्छे म हुँ, अनुसन्धानमा भाग्ने मान्छे होइन’, उनले भने ।

प्रकाशित : ३० श्रावण २०८०, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६