प्रदेश

३.७३ जिपिए सहित होराइजन कपिलवस्तु जिल्ला प्रथम




चारनम्बर, ३१ साउन ।

राष्ट्रिय परीक्षा बोर्डले वैशाखमा सञ्चालन गरेको कक्षा १२ को नतिजा सार्वजनिक गरेसंगै कपिलवस्तुको बाणगंगा –४ सिद्धिपुर स्थित होराइजन अंग्रेजी आवासीय मा.वि.ले उत्कृष्टता हासिल गरेको छ ।

विद्यालयमा व्यवस्थापन संकाय अध्ययन गर्ने निश्चल आचार्यले ३.७३ जिपिए ल्याएर कपिलवस्तु प्रथम भएको विद्यालय प्रशासनले दाबी गरेको छ । यस्तै ३.७० जिपिए प्राप्त गरी नितेश शर्माले जिल्ला द्वितीय भएको विद्यालय प्रशासनको दाबी छ ।

विगतका दुई वर्ष एस.ई.ई.मा ४ जिपिए प्राप्त गरेको जिल्लाकै पहिलो क वर्गको विद्यालयले उत्कृष्ट रिजल्ट ल्याउन सफल भएको होराइजनले शिक्षा जगतमा राष्ट्रिय स्तरमै छवि बनाएको विद्यालयका प्राचार्य बासुदेव घिमिरेले बताए । घिमिरेले होराइजनले पटक पटक उत्कृष्ट रिजल्ट ल्याउन सफल भएकोमा विद्यार्थी,अभिभावक,प्राध्यापक तथा कर्मचारीलाई धन्यवाद ब्यक्त गरे ।

घिमिरेले होराइजनले विद्यालय तहमा उत्कृष्ट नतिजा ल्याउनका साथै होराइजनकै अभिन्न अङ्गको रुपमा सयपत्री क्याम्पस समेत सञ्चालन गरेको र क्याम्पसले समेत जिल्ला र प्रदेश स्तरमा उत्कृष्ट नतिजा ल्याउन सफल भएको बताए ।

प्रकाशित : ३१ श्रावण २०८०, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६