देश

६८ पालिकाले मात्रै गरे वैदेशिक रोजगारीबाट फर्किएकाको लागि पुनः एकीकरण कार्यक्रम



काठमाण्डौ, ३१ साउन । गएको आर्थिक वर्ष वैदेशिक रोजगारीबाट फर्किएका श्रमिकका ६८ पालिकाले मात्रै पुनः एकीकरण कार्यक्रम सञ्चालन गरेका छन् ।

कार्यक्रम सञ्चालनका लागि प्रस्ताव पेस गरेकामध्ये ६८ पालिकाले मात्रै कार्यक्रम सञ्चालन गरेको वैदेशिक रोजगार बोर्डले जनाएको छ ।

आर्थिक वर्ष २०७९/८० मा वैदेशिक रोजगारीबाट फर्किएका श्रमिकका लागि पुनः एकीकरण कार्यक्रम सञ्चालनका लागि बोर्डसँग ८१ पालिकाले सम्झौता गरेका थिए ।

बोर्डले पालिकाकै प्रस्तावको आधारमा सम्झौता गरेर पुनः एकीकरण कार्यक्रम सञ्चालनका लागि रकम पठाएको थियो । तर बोर्डसँग सम्झौता गरेर रकमसमेत पठाइएका ८१ मध्ये १३ पालिकाले कार्यक्रम सञ्चालन गर्न नसकेको बोर्डको भनाई छ ।

गएको आर्थिक वर्ष बोर्डले वैदेशिक रोजगारीबाट फर्किएकाहरूका लागि पुनः एकीकरण कार्यक्रम सञ्चालनका लागि १५ करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो ।

तर यस वर्ष भने बोर्डले यो कार्यक्रममा लागि बजेट घटाएको छ । यस वर्ष करिब १२ करोड रुपैयाँ बजे विनियोजन गरेको बोर्डका कार्यकारी निर्देशक डा। द्वारिका उप्रेतीले जानकारी दिनुभयो । उहाँका अनुसार यस वर्ष बोर्डले एक अर्ब १२ करोड रुपैयाँ बजेटको नीति तथा कार्यक्रम तय गरेको छ ।

प्रकाशित : ३१ श्रावण २०८०, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६