जितपुर,३२ साउन।
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) बाणगंगा नगरकमिटीको आयोजनामा हाजिरीजवाफ प्रतियोगिता हुने भएको छ । भोलि भदौ १ गते सिद्धार्थ क्याम्पसको सभाहलमा अनेरास्ववियु बाणगंगा नगरकमिटीको आयोजनामा हाजिरीजवाफ प्रतियोगिता हुने नगर कमिटी अध्यक्ष विक्की सुवेदीले जानकारी दिनुभएको छ ।
बाणगंगा नगरपालिका भित्रका मावि तहका ११ विद्यालयको सहभागीता रहने आयोजकले जनाएको छ । विद्यार्थीहरुको मानसिक क्षमता संगै सामान्य ज्ञानमा समेत जानकार गराउने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरिएको हो ।








प्रतिक्रिया