प्रदेश

लुम्बिनी बौद्ध विश्वविद्यालयमा शीघ्र उपकुलपति नियुक्ति गर्न माग



काठमाडौँ, ०२ भाद्र ।
अखिल नेपाल भिक्षु महासंघ (थेरवाद), नेपाल बौद्ध महासङ्घ (महायान), नेपाल परम्परागत बौद्ध धर्म सङ्घ (बज्रयान) र धर्मोदय सभाले लुम्बिनी बौद्ध विश्वविद्यालयमा योग्य उपकुलपतिको नियुक्ति अविलम्ब गर्न नेपाल सरकारसँग माग गरेको छ ।

लुम्बिनी बौद्ध विश्वविद्यालयमा उपकुलपतिको नियुक्तिमा हुने ढिलासुस्तीले नेपाली बौद्ध जगत् एवम् विश्व बौद्ध जगतमा समेत नकारात्मक सन्देश प्रवाह हुने तथ्यमा नेपाल सरकार एवम् कुलपति संवेदनशील हुनु अत्यन्तै जरुरी रहेको उल्लेख गर्दै चारैवटा संस्थाले आज एक संयुक्त प्रेस विज्ञप्तिमार्फत भनेका छन्– “अन्तरराष्ट्रिय बौद्ध जगतको अपेक्षाअनुसार सम्बन्धित क्षेत्रकै प्राज्ञिक व्यक्तिलाई उपकुलपति पदमा नियुक्ति दिनु अति उत्तम हुने व्यावहारिक पक्षलाई समेत ध्यानमा राख्नु अत्यन्तै जरुरी छ ।”

विश्वविद्यालयका कुलपति रहेका प्रधानमन्त्रीलाई उपकुलपति पदमा योग्य व्यक्तिलाई यथाशीघ्र नियुक्ति गर्न चारै संस्थाको एक प्रतिनिधिमण्डलले २०७९ चैत ७ गते भेटवार्ता गरी अनुरोध गरेको स्मरण पनि भिक्षु धम्मशोभन महास्थविर, खेम्पो लामा कमल भण्डारी, प्राडा नरेशमान बज्राचार्य र सागरमान बज्राचार्यद्वारा हस्ताक्षरित उक्त विज्ञप्तिमा गरिएको छ ।

प्रकाशित : २ भाद्र २०८०, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६