प्रदेश

नेपाल स्किल डेभलपमेन्ट एकेडेमीले उद्घोषण तथा भाषण कला र भाषा शिक्षाका कक्षा संचालन गर्ने



कपिलवस्तु, ०२ भाद्र ।
कपिलवस्तुको बाणगंगा वैरीयामा संचालनमा आएको नेपाल स्किल डेभलपमेन्ट एकेडेमी एण्ड रिसर्च सेन्टर प्रा.लि.ले उद्घोषण तथा भाषण कला र भाषा शिक्षाका कक्षा संचालन गर्ने भएको छ । आजको समयमा सफल उद्घोषक बन्न चाहने युवाहरुको संख्या दिनप्रतिदिन बढ्दै गैरहेको अवस्थामा स्किल डेभलपमेन्ट एकेडेमीले यस्ता कक्षा संचालन गर्ने भएको हो । जुन कपिलवस्तुमा पहिलो हो । सफल उद्घोषक बन्ने चाहनाका साथसाथै त्यसका निमित्त उचित र सहि शिक्षाको आवश्यकता पर्दछ ।

पछिल्लो समयमा उद्घोषणमा युवाहरुको चाहना बढ्दो क्रममा भएतापनि सहि उद्घोषण कसरी गर्ने,उद्घोषकमा हुनुपर्ने गुणहरु के के होलान,मिठो र राम्रो बोलेर कसरी अरुलाई प्रभावित पार्न सकिएला आदि जस्ता साधारण बिषयमा नै धेरैजसो युवाहरु अलमलमा परेको देखिएको छ ।

यस्तै समयलाई मध्यनजर गर्दै कपिलवस्तुको बाणगंगा १ बैरिया चोक हाट बजार अगाडी आर डि कम्प्लेक्समा रहेको नेपाल स्किल डेभलपमेन्ट एकेडेमी एण्ड रिसर्च सेन्टर यस्तै उद्घोषक तथा नेतृत्व बिकास गर्न चाहने बिद्यार्थी तथा युवा युवतीहरुलाई लक्षित गरि उद्घोषण तथा प्रभावकारी भाषण कला तालिम सन्चालनमा ल्याउन लागेको छ ।

साथै हालै प्रकाशित कक्षा १२ को नतिजामा एन.जि अर्थात नन् ग्रेड प्राप्त बिद्यार्थीहरुलाई लक्षित गरि बिभिन्न बिषयका ट्युसन कक्षाहरु सन्चालनमा ल्याउन लागिएको संचालक इश्वरराज न्यौपानेले बताए ।

उच्च शिक्षा अध्ययन तथा कामदार भिजामा बिदेश जान चाहनेहरुका लागि जापानिज, कोरियन तथा आई.एल.टिएस तथा पि.टि का कक्षाहरु शिघ्र संचालनमा ल्याउन लागिएको अर्का सन्चालक गुरुदेव पौडेलले बताए।

प्रकाशित : २ भाद्र २०८०, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६