ब्रेकिंग न्युज

होटल तथा पर्यटन व्यवसायी संघको सदस्यताका लागि भाद्र २० गते भित्र आवेदन दिन सकिने




कपिलवस्तु, ०३ भदौ ।
होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुको सदस्यताका लागि भाद्र २० गते भित्र आवेदन दिन सकिने भएको हो । संघको साधारण सभा नजिकिए संगै सदस्यता नविकरण र नयाँ सदस्यताका लागि २० गते भित्रको समय सिमा तोकिएको हो ।


होटल तथा पर्यटन व्यवसायी संघमा आवद्ध व्यवसायीहरुको लागि समयमै नविकरण गर्न संघले आग्रह गरेको छ । संघले नयाँ सदस्यहरुको लागि पनि भदौ २० गते भित्र सदस्यता लिन सकिने जनाएको छ ।


संघले बाणगंगा नगरपालिकाका सबै स्थानका सदस्यहरुको नविकरण गरिसकिएको छ । बाणगंगामा उत्साहजनक रुपमा होटल व्यवसायीले नयाँ सदस्यता लिएको संघका अध्यक्ष रविन्द्र पौडेलले बताए । उनले जिल्ला भरि रहेका होटल व्यवसायीलाई संघमा आवद्ध हुन अपिल गर्दै भने, ‘हामि सबै समेटिनु आवश्यक छ ।’ संघ बलियो र एकताबद्ध भएमा कपिलवस्तुको होटल व्यवसाय तथा पर्यटन व्यवसायलाई प्रवद्र्धन गर्न सकिने उनले बताए ।

यस्तै संघले स्थापना दिवसको अवसर पारेर २ दिन पर्यटन प्रबर्द्धन संग सम्बन्धित विभिन्न क्रियाकलाप तथा बिपन्नलाई सहयोग जस्ता क्रियाकलापहरु गर्ने भएको छ । सोहि पश्चात भाद्र २२ गते संघको साधारण सभा गरिने जनाईएको छ ।

प्रकाशित : ३ भाद्र २०८०, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६