ब्रेकिंग न्युज

लुम्बिनीमा माओवादीले टुंग्यायो पालिकासम्मको जिम्मेवारी, कसलाई कुन पालिकाको जिम्मेवारी ?



कपिलवस्तु, ०४ भाद्र। माओवादी केन्द्रले ‘जनतासँग माओवादी विशेष रूपान्तरण’ तीन महिने अभियानका लागि लुम्बिनी प्रदेशमा नेताहरूको जिम्मेवारी तोकेको छ । पार्टीले स्थायी समिति सदस्य, केन्द्रीय सदस्य, प्रदेश पदाधिकारी र प्रदेश सदस्यहरूको कार्य विभाजन टुङ्ग्याएको हो । गत साउन ३२ गते केन्द्रीय उपाध्यक्ष कृष्णबहादुर महराको रोहबरमा बसेको प्रदेशको बैठकले जिम्मेवारी टुङ्ग्याएको बताइएको छ ।

जसअनुसार रोल्पा जिल्ला इन्चार्जमा पूर्णबहादुर घर्ती, रुकुम पूर्वमा कमला रोक्का, बर्दियामा पूर्णकुमारी सुवेदी, बाँकेमा कुलप्रसाद केसी, दाङमा जयपुरी घर्ती इन्चार्ज तोकिएका छन् । त्यस्तै प्युठानमा निर्मल आचार्य, गुल्मीमा जोगबहादुर महरा, अर्घाखाँचीमा वामदेव क्षेत्री, पाल्पामा कृष्णध्वज खड्का, नवलपरासीमा हरि कुल्लाह खाँ, रुपन्देहीमा गणेशमान पुन र कपिलबस्तु इन्चार्जमा महेश्वर गहतराज अथक तोकिएका छन् ।

यस्तै बैठकमा १२ वटै जिल्लाको सांगाठनिक रिर्पोट सम्बन्धित जिल्ला संयोजनकहरूले प्रस्तुत गरेका थिए । अभियानको अनुगमन र स्कुलिङका लागि नेताहरू जगप्रसाद शर्मा अपार, नारायण अधिकारी र लक्ष्मी चौधरीलाई जिम्मा दिइएको छ । विभिन्न कारणले रिक्त रहेका जिल्लाहरूको जिल्ला संयोजक तोकिएको छ ।

जसमा रुकुम जिल्ला संयोजकमा रामसुर बुढा मगर, गुल्मी जिल्ला संयोजकमा युवराज के।सी। वसन्त, रोल्पा जिल्ला संयोजकमा पूर्ण के.सी. र प्युठान जिल्ला संयोजकमा नवराज अधिकारी रोशनलाई तोकिएको छ । बैठकले पालिकाका इन्चार्जहरूको समेत टुङ्गो लगाएको छ ।

कसलाई कुन पालिकाको जिम्मेवारी ?
सूची हेर्नुहोस्ः

https://drive.google.com/file/d/1qxaxTmv45oNhVstweby6F7VpOst12HAM/view

प्रकाशित : ४ भाद्र २०८०, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६