कपिलवस्तु ४ भदौ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले एकीकृत समाजवादीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधव कुमार नेपालसँग पनि बयान लिएको छ ।सीआईबीले ललितानिवास जग्गा हिनामिना प्रकरणमा नेपालनिवास कोटेश्वरमै पुगेर बयान लिएको हो ।सीआईबीले सोही प्रकरणमा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईसँग पनि बयान लिएको छ । उनीहरु दुवैसँग गएराति बयान लिएको सीआईबीले जनाएको छ ।उक्त प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय नेपाल र भट्टराईले नीतिगत निर्णय गराएको आरोप छ ।सर्वोच्च अदालतले यस प्रकरणमा पूर्वप्रधानमन्त्रीमाथि पनि अनुसन्धान गर्न आदेश दिएको थियो ।
४ भाद्र २०८०, सोमबार
प्रतिक्रिया