देश

‘प्रहरीमा जागिर लगाइदिन्छु’ भन्दै २ लाख रुपैयाँ ठगी गर्ने व्यक्ति काठमाण्डौबाट पक्राउ



दाङ, ०७ भदौ । प्रहरीमा जागिर लगाइदिन्छु भन्दै दुई लाख रुपैयाँ ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा पाल्पाको तानसेन नगरपालिका–३ घर भई काठमाण्डौको चन्द्रागिरि बस्दै आएका ५८ वर्षीय नरेश गौतम रहेका छन् । उनलाई आज बिहीवार काठमाण्डौबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।

गौतमले दाङकी २२ वर्षीया युवतीलाई प्रहरी जवानमा भर्ना गराएर जागिर लगाइदिन्छु भन्दै पटक–पटक गरेर दुई लाख रुपैयाँ लिएर ठगी गरेका थिए । पीडित युवतीले उजुरी दिएपछि उनलाई प्रहरीले पक्राउ गरेको हो ।

काठमाण्डौबाट पक्राउ गरी दाङ लगिएका उनीविरुद्ध ठगी कसुरमा १२ दिनको म्याद लिएर अनुसन्धान अघि बढाएको दाङका प्रहरी नायब उपरीक्षक (डीएसपी) राजनकुमार गौतमले जानकारी दिनुभयो ।

प्रकाशित : ७ भाद्र २०८०, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६