देश

भदौ ११ गते संसदीय समितिका सभापतिको चुनाव



काठमाण्डौ, ०७ भदौ । प्रतिनिधिसभाअन्तर्गत गठित १० विषयगत समितिका सभापतिको चुनाव यही भदौ ११ गते सोमवार हुने भएको छ ।
प्रतिनिधिसभाको आज बिहीवारको बैठकमा सभामुख देवराज घिमिरले समितिका सभापतिको चुनाव भदौ ११ गते दिउँसो ३ बजे हुने जानकारी गराउनुभयो । चुनावका लागि प्रतिनिधिसभाका सचिव पदमप्रसाद पाण्डेयलाई जिम्मेवारी तोकिएको छ ।

यसैगरी प्रतिनिधिसभाको नियमावलीअनुसार प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम भदौ १२ गते निर्धारण गरिएको सभामुख घिमिरेले जानकारी गराउनुभयो । त्यसका लागि भदौ ८ गतेभित्र लिखितरूपमा प्रश्न दिन सकिने छ ।
प्रतिनिधिसभाको अर्को बैठक यही भदौ १२ गते बिहान ११ बजे बजे बस्नेछ ।

प्रकाशित : ७ भाद्र २०८०, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६