रामु पौडेल, ०८ भदौ ।
नेत्र विक्रम चन्द विप्लव ले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टीले एम सि ए नेपालका प्रमुख खड्का बहादुर बिष्टको पुत्ला दहन गरेको छ । नेपाल कम्युनिस्ट पार्टीले बाणगंगा नगरपालिका वडा नं १० पटनाको मिलनचोकमा कार्यक्रम सम्पन्न गरि एमसिएका नेपाल प्रमुख विष्टको पुत्ला दहन गरेको हो ।
नेपाल कम्युनिस्ट पार्टी केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज सुनिल श्रेष्ठले एमसिए परियोजनाले नेपाललाई बेच्ने लागेको र नेपालका खानीहरु उत्खखन गर्ने तरिकाले अमेरीका नेपाल प्रवेश गरेको गरेको आरोप लगाउनु भयो ।एमसिए र एमसिसि परियोजनाले नेपाललाई आधारशिला बनाएर कब्जा गर्न सडयन्त्र गर्न खोजेकाले राष्ट्रघाती परियोजना खारेज गर्नु पर्ने केन्द्रिय सदस्य श्रेष्ठले बताउनुभयो ।
कार्यक्रम जिल्ला पाटी सचिव दीपक सी को सन्चालनमा सम्पन्न भएको थियो । नेपाल कम्युनिस्ट पार्टी पश्चिम कपिलवस्तु अध्यक्ष हेमन्त चौधरीको नेतृत्वमा पुत्ला दहन गरिएको हो ।
जिल्ला सचिव बिनोद लुइँटेल (पाबेल सी) ले नेपालमा राष्ट्रवाद स्थापनाका लागि एमसिए नेपालका अध्यक्ष खड्का बहादुर बिष्टको पुत्ला दहन गरेको बताउनुभयो ।
सो पुतला दहन कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो ।








प्रतिक्रिया