ब्रेकिंग न्युज

वित्तिय संस्थाले सहयोग नगर्दा व्यवसायलाई अर्को समस्याः प्रदेश मन्त्री गुप्ता



कपिलवस्तु, ०९ भदौ ।

लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री चन्द्र केश गुप्ता (सिके) ले कोरोनाले थलिएर माथि उठ्न नसकेको ब्यापार व्यवसायलाई वित्तीय संस्थाहरुले असहायोग गर्दा अझ ठुलो समस्या निम्तिएको बताउनु भएको छ । आज शनिवार कपिलवस्तु उद्योग ब्यापार संघद्वारा आयोजित बधाई ताथा सम्मान कार्यक्रमममा बोल्दै उहाँले यस्तो बतउनु भएको हो ।

कोभिड–१९ अर्थात् कोरोना भाइसरले थलिएको ब्यापार व्यवसायलाई माथि उठाउन आफ्नो मन्त्रालय सङ्गै सिङ्गो प्रदेश सरकार लागिपरेको बताउनु भएको छ । उहाँले देशको आर्थिक विकासमा व्यापार व्यवासायले महत्वपुर्ण भुमिका निर्वाह गरेको भन्दै उक्त क्षेत्रमा संघिय र प्रदेश सरकारले सहयोग गर्नुपर्ने बताउनु भएको छ । आफु पनि एक व्यवसायी नै रहेको भन्दै कोरोनाकै कारण आन्तरिक उत्पादन राम्रो हुन नसकेको र बजार, व्यवसायको हालत पनि अत्यन्त दयनिय रहेको बताउनु भयो ।

त्यस्तै कार्यक्रममा बोल्दै उद्योग ब्यापार संघ कपिलवस्तुका अध्यक्ष खिमानन्द पौडेल (कोपील) ले राजनीति प्रति युवाहरुको वितृष्णा बढिरहेको समयमा सानो उमेरमै प्रदेशको सामाजिक विकास मन्त्री बन्न सफल भएको भन्दै मन्त्री गुप्तालाई बधाई दिनुभएको थियो । गुप्तालाई हेरेर युवाहरू अहिले राजनीतिमा आउन थालेको समेत उहाँले बताउनु भयो ।

त्यस्तै उहाँले उद्योग ब्यापार संघले प्रत्येक महिना जिल्लामा विभिन्न सामाजिक कार्य गर्दै आईरहेको र त्यसलाई निरन्तरता दिने प्रतिबद्धता जनाउनु भएको थियो । कपिलवस्तु उद्योग ब्यापार संघका अध्यक्ष खिमानन्द पौडेल (कोपील) को अध्यक्षतामा भएको कार्यक्रममा ब्यापार संघ कपिलवस्तुका संरक्षक टोप नारायण बेल्बासे, निवर्तमान अध्यक्ष हुमनाथ पौडेल लगायत सम्पूर्ण कार्यसमिति सदस्यहरुको उपस्थिती रहेको थियो, भने महासचिव बासुदेव खनालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रकाशित : ९ भाद्र २०८०, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६