ब्रेकिंग न्युज

विगतमा माओवादीलाई सक्दो सराप गर्नेहरु अहिले हाम्रो पछि लाग्छनः कपिलवस्तु इन्चार्ज गहतराज




कपिलवस्तु, ०९ भदौ ।
नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का स्थायी कमिटी सदस्य तथा कपिलवस्तु इन्चार्ज महेश्वर जङ्ग गहतराज (अथक) ले विगतमा माओवादीको सक्दो सराप गर्नेहरू अहिले आफुहरुको काम देखेर पछि लागेको बताउनु भएको छ । आज शनिबार जनता सङ्ग माओवादी विशेष रुपान्तरण अभियान अन्तर्गत कपिलवस्तुको बाणगङ्गा नगरपालिकामा भएको वडा केन्द्रीत कर्यक्रममा यस्तो बताउनु भएको हो ।

पहिला माओवादीलाई अवसरवादी देख्नेहरुहरुले माओवादीले नै देश बनाउने हो भन्दै समर्थन गरेको दाबी गर्नुभएको छ । राजनैतिक एजेण्डा, विचार, राजनैतिक इच्छासक्ती, र मुलुकलाई एकदाबद्ध गरेर लैजान सक्ने क्षमता माओवादी सङ्ग नै भएको भन्दै माओवादी बाट प्रधानमन्त्री बन्नुभएका प्रचण्डलाई करिब सय प्रतिशत विश्वासको मत प्राप्त भएको बताउनु भएको थियो ।
त्यस्तै कार्यक्रममा हुमनाथ पौडेलको नेतृत्वमा ३ सदस्यीय आर्थिक कमिटि, टिकाराम पन्थीको नेतृत्वमा ३ सदस्यीय अनुगमन कमिटी पनि गठन गरिएको जनाइएको छ ।

बाणगङ्गा नगर कमिटी अध्यक्ष देवराज अर्यालको अध्यक्ष, स्थायी कमिटी सदस्य तथा कपिलवस्तु इन्चार्ज महेश्वर जङ्ग गहतराज (अथक) को प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा केन्द्रीय सदस्य छमकुमारी खनाल (चिनारी), प्रदेश कमिटी सदस्य दिनेश पुन, नगर, जिल्ला, वडाका कार्यक्रता सङ्गै स्थानीयको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन भने नगर सचिव प्रेम वि।क ले गर्नुभएको थियो ।

प्रकाशित : ९ भाद्र २०८०, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६