ब्रेकिंग न्युज

प्रदेश नेतृत्व सर्वसम्मत चयन गछौंः नेता भट्टराई

कपिलवस्तुबाट ७० प्रतिनिधी सर्वसम्मत




कपिलवस्तु, १० भदौ ।नेकपा (एमाले) का पोलिटब्यूरो सदस्य एवम् कपिलवस्तु इन्चार्ज खिमलाल भट्टराईले भाद्र १६ र १७ गते सम्पन्न हुन गैरहेको लुम्बिनी प्रदेशको प्रथम ऐतिहासिक अधिवेशनबाट प्रदेश नेतृत्व सर्वसम्मत चयन हुने बताउनु भयो । युवा नेता भट्टराईले प्रदेश अधिवेशनलाई लिएर पार्टीको मूल नेतृत्व यो वा त्यो वाहानामा विवादमा नआउने र विवादमा जो कोहीले ल्याउन समेत नहुनेमा जोड दिनु भयो । नेता भट्टराईले आवश्यकता र औचित्यताका आधारमा लुम्बिनी प्रदेशको नेतृत्व चयन सर्वसम्मत गछौं कथम कदाचित सर्वसम्मत हुन नसके हार्दिकता पूर्वक लोकतान्त्रिक विधिबाट नेतृत्व चयन हुने जिकिर गर्नु भयो ।नेकपा एमाले निर्वाचन समिती बाणगंगाको आयोजनामा प्रदेश अधिबेशनकालागि भएको प्रतिनिधीमा निर्वाचितलाई शिद्धार्थ क्याम्पसमा प्रमाणपत्र वितरण गर्दै यस्तो वताउनु भएको हो ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले समुउद्घाटन गर्ने लुम्बिनी प्रदेशको अधिवेशन पहिलो भएको र यो अधिवेशनबाट देशलाई नै पार्टीले सन्देश दिने दावी गर्नु भयो । युवा नेता खिमलाल भट्टराईले प्रदेश अधिवेशनका निम्ति ४० वर्ष मुनिका युवा पुस्ताको प्रतिनिधीत्व उत्साहजनक रहेको बताउदै प्रदेश कमिटीमा समेत युवा पुस्ताको कमिटीगत जिम्मेवारी सुनिश्चित गरिने दावी गर्नु भयो । रोमाकान्त घिमिरेको संचालन र निर्वाचन समितीका प्रमुख प्रकाश घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा एमाले कपिलवस्तुका जिल्ला निर्वाचन विभाग प्रमुख विश्व कार्कीले कुशलता पूर्वक निर्वाचन गराएको भन्दै निर्वाचन समितीलाई धन्यवाद दिनु भएको थियो । प्रमाणपत्र ग्रहण समारोहमा एमालेका प्रदेश सचिवालय सदस्य झविलाल पोखरेल ,कृष्ण पौडेल ,विष्णु भण्डारी जिल्ला सचिवालय सदस्य एवम प्रदेश क्षेत्र १.१ का संयोजक भेषराज पाण्डे लागयतको उपस्थिती थियो ।

लुम्बिनी प्रदेश अधिवेशनका लागि कपिलवस्तु जिल्लाबाट महिलाको प्रतिनिधित्व संख्या १७ जना, दलित प्रतिनिधित्व १२ जना र अन्य ४१ जना गरी कूल ७० जनाले प्रदेश अधिवेशनमा प्रतिनिधीको रुपमा सहभागिता जनाउने एमाले जिल्ला अध्यक्ष डम्मर शर्माले जानकारी दिनु भयो ।सो अधिवेशनका निम्ति बाणगंगा नगर पालिकाबाट ३० जना, बुद्धभूमि नगर पालिकाबाट १३ जना, शिवराज नगर पालिकाबाट ८ जना, कृष्णनगर नगर पालिकाबाट २ जना, कपिलवस्तु नगर पालिकाबाट ४ जना, महाराजगञ्ज नगरपालिकाबाट ३ जना, विजयनगर गाउँपालिकाबाट ४ जना, यशोधरा गाउँपालिकाबाट २ जना, मायादेववी गाउँपालिकाबाट २ जना र शुद्धोधन गाउँपालिकाबाट २ जना प्रतिनिधीको रुपमा छनोट भएको नेकपा (एमाले) जिल्ला निर्वाचन विभागले जनाएको छ ।

प्रकाशित : १० भाद्र २०८०, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६