प्रदेश

गिद्ध संरक्षणमा प्रदेश सरकार गम्भीर छः मन्त्री मास्की



लमही, ११ भदौ ।

लुम्बिनी प्रदेशका अर्थ मन्त्री धनबहादुर मास्कीले गिद्ध संरक्षणमा प्रदेश सरकार गम्भीर रहेको बताएका छन् । गिद्ध संरक्षण अभियान दाङको आयोजनामा सोमबार भालुवाङमा भएको लोपोन्मुख अबस्थामा रहेको गिद्ध संरक्षणका लागि लुम्बिनी प्रदेशस्तरीय अन्तत्र्रिmया कार्यक्रममा उनले यस्तो बताए ।

मन्त्री मास्कीले गिद्ध संरक्षणसंगै लोपोन्मुख प्रजातिका मौवा, सतिसाल, विजयसाललगायतका लागि ३ करोड २८ लाख बजेट विनियोजन गरेको बताए । सरकारी स्तरबाट लुम्बिनी प्रदेश सरकारले नै यसरी बजेट बिनियोजन गरेको हो । यसअघि सरकारी स्तरबाट गिद्ध तथा लोपन्मुख बनस्पति संरक्षणका लागि बजेट बिनियोजन नभएको उनले बताए । “यसअघि सरकारी स्तरबाट गिद्ध तथा अन्य लोपोन्मुख वनस्पति संरक्षणका लागि बजेट विनियोजन भएको थिएन”, उनले भने “तर, हामीले विनियोजन गरेका छौं ।”

गिद्धलाई प्रकृतिको कुचीकारका रुपमा रहेको भन्दै गिद्धले नै मानवलाई लाग्ने हैजा, झाडापखाला लगायतका रोगको महामारीबाट जोगाएको समेत बताए ।

त्यस अवसरमा गिद्ध संरक्षण अभियान सञ्जालका अध्यक्ष डिल्लिबहादुर रावतले लुम्बिनीमा दाङ र लालमटियामा गिद्ध रेष्टुरेन्ट रहेको बताए । साथै दाङमा नेपालमै एक मात्रै गिद्ध उपचार केन्द्र रहेको बताए । नेपालभर हाल ७ वटा गिद्ध रेष्टुरेन्टहरु छन् ।

हाल पशुमा दिइने डाइक्लोफेनेक औषधीकै कारण गिद्ध हराउने अवस्थामा रहेको उनको भनाई थियो । साथै प्राकृतिक बासस्थान, आहारमा ह्रास र मानवनिर्मित विद्युतीय तारबार जस्ता कारणले पनि लोप हुने अबस्थामा रहेको बताए ।

त्यस अवसरमा वन मन्त्रालयका अधिकृत धनेश्वर न्यौपानेले अग्ला रुखहरुलाई संरक्षण गर्ने, सुरक्षित आहाराको ब्यवस्थापन गर्ने कार्य भइरहेको बताए ।

त्यस्तै कार्यक्रममा नेपाल पंक्षी संरक्षण संघका कार्यक्रम अधिकृत भुपाल नेपालीले सरोकारवाला, तीनै तहका सरकार, संरक्षित क्षेत्र, डिभिजन वन कार्यालय, पशु विज्ञ केन्द्र र संरक्षणका आधारमा सबै गैरसरकारी संघसंस्थाहरुको सहकार्यको खाँचो रहेको बताए । कार्यक्रममा १२ वटै जिल्लाबाट सहभागी थिए ।

प्रकाशित : ११ भाद्र २०८०, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६