प्रदेश

प्रदेश राजधानीको रोक्का जग्गा भदौ १५ सम्म फुकुवा नभए आन्दोलनको चेतावनी




लमही, ११ भदौ ।
रोक्का जग्गा फुकुवाको माग राख्दै संघर्ष समिति राप्तीले सोमबार मुख्यमन्त्रीको कार्यालयमा ज्ञापनपत्र बुझाएको छ ।
प्रदेशको राजधानी क्षेत्रमा रोक्का जग्गा यही भदौ १५ गतेभित्र फुकुवा नभए चरणबद्ध आन्दोलनमा उत्रिने चेतावनी दिंदै मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका कानुन तथा संबैधानिक मामिला सचिव राजेन्द्र थापालाई ज्ञापन–पत्र बुझाएको हो ।

जग्गा फुकुवा संघर्ष समितिका संयोजक सुरज खड्का नेतृत्वको प्रतिनिधि मण्डलले उक्त ज्ञापन–पत्र बुझाएको हो । खड्काले ३ बर्षदेखि जग्गा रोक्का हुँदा स्थानीय पीडित भएको भन्दै मुख्यमन्त्रीको ध्यानाकर्षण गराउन ज्ञापन पत्र बुझाएको बताए । सो समितिले यस अगाडि पहिलो र दोस्रो चरणको आन्दोलन गरिसकेको छ । तेस्रो पटकको आन्दोलन सुरु गरेको छ । सघर्ष समितिले मगलवार मुख्यमन्त्री कार्यालय अगाडि धर्ना दिने पनि सयोजक खड्काले बताए ।

प्रकाशित : ११ भाद्र २०८०, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६