प्रदेश

कपिलवस्तुमा खोलामा डुबेर एक पुरुषको मृत्यु



कपिलवस्तु, ११ भदौ । कपिलवस्तुमा खोलामा डुबेर एक जनाको ज्यान गएको छ । जिल्लाको शिवराज नगरपालिका–३ मदवा बस्ने ७० वर्षीय सालिके कामीको काँडे खोलामा डुबेर आइतबार मृत्यु भएको प्रहरीले जनाएको छ ।

कामीको घरदेखि करिब ६ सय मिटर वनशक्ति टोलस्थित काँडे खोलामा डुबेर आइतबार राति मृत्यु भएको प्रहरीले जनाएको हो । माछा मार्न गएको अवस्थामा उनी खोलामा डुबेका थिए ।

खोलामा डुबेर अशक्त भएका उनको जिल्ला अस्पताल तौलीहवामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले बताएको छ । घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित : ११ भाद्र २०८०, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६