प्रदेश

प्रतिगामी कदमका विरुद्ध समाजवादी मोर्चा बनेको होः माधव नेपाल



भैरहवा, १२ भदौ ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पुर्वप्रधानमन्त्री माधवकुमार नेपाललले प्रतिगामी कदमका विरुद्ध समाजवादी मोर्चा बनेको बताएका छन् । वामपन्थी, देशभक्त र लोकतान्त्रिक सबै शक्ति एकै ठाउँ उभिएर प्रतिगमन र अनुचित कदमका विरुद्ध एकताबद्ध भएर जनताको पक्षमा लाग्न मोर्चा बनेको उनले बताए ।

समाजवादी प्रेस संगठन नेपाल रुपन्देहीले मंगलबार भैरहवामा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै अध्यक्ष नेपालले संविधानको रक्षा र समाजवादी व्यवस्थाका लागि मोर्चा बनेको बताएका हुन् । ‘प्रतिगमन र प्रतिगनकारी काम र अनुचित कदमका विरुद्ध बनेको मोर्चा हो’, नेपालले भने –‘यसले समाजवादका मान्यता अनुसार अग्रगामी कार्यक्रम मार्फत सहकार्य गर्नेछ ।’

अध्यक्ष नेपालले देश विकाससँगै वर्गीय जातीय, क्षेत्रीय, उत्पीडितहरुको मुक्ति, श्रम संस्कृती र आर्थिक समृद्धिको रुपान्तरणमा मोर्चाले काम गर्ने बताए । उनले अहिले मुलुकमा बिचौलिया, दलाल पूँजीपतीहरु हावी भएकाले देशमा आर्थिक संकट पैदा भएको टिप्पणी गरे । उनले मुलुकमा उत्पन्न राजनीतिक, सामाजिक, साँस्कृतिक र आर्थिक जस्ता समस्याहरुको समाधानका लागि समेत मोर्चाले सातै प्रदेशमा मोर्चा निर्माण गर्नुपरेको बताए । उनले निर्वाचन परिणामले कुनै पनि दलको बहुमत नआएकाले सबै मिलेरै अघि बढ्नुपर्ने अवस्था रहेको बताए । ‘अहिले कसैको पनि बहुमत आएको छैन, मिलेरै अगाडि बढ्नुपर्छ’, अध्यक्ष नेपालले भने ।

उनले नेकपा एकीकृत समाजवादीको कोही कसैसँग एकता गर्ने सम्भावना नरहेको बताउँदै गठबन्धन बलियो बनाउँदै लैजाने पक्षमा रहेको बताए । ‘नेकपा एस गठबन्धनलाई बलियो बनाउँदै संविधान र व्यवस्थाको रक्षाका लागि काम गर्ने पक्षमा छ’, उनले भने । उनले जनताको समस्या र मागलाई सदन र सडकबाट सम्बोधन गर्ने गरी लाग्न समेत कार्यकर्तालाई आग्रह गरे । उनले संघ, प्रदेश र स्थानीय तहमा वर्तमान गठबन्धनमा सामेल रहेकाले सरकार, सदन र सडकबाट जनताको सवाल उठाउने गरी लाग्नुपर्नेमा जोड दिए । ‘हामी जहाँ छौं, त्यहींबाट जनताको पिडा र बेदनालाई सरकार, सदन र सडकबाट उठाउनुपर्छ’ उनको आग्रह छ ।

अध्यक्ष नेपालले पछिल्लो समय धरानमा सामाजिक सदभाव विथोल्ने खालको घटना देखिएको बताउँदै एक अर्काकाबीच धार्मिक सद्भाव कायम गर्न आग्रह गरे । नेपाल बहुजातीय, बहुसाँस्कृतिक र बहुभाषिक मुलुक भएकाले सबै जातजाती र धर्मसंस्कृतीको संरक्षण गर्नुपर्ने अध्यक्ष नेपालले बताए । उनले नेपाल हिन्दु र बौद्ध धर्मको जननी भएको बताउँदै सनातम धर्म संस्कृतीको संरक्षणमा गम्भीर हुन सबैलाई अपिल गरे । उनले धार्मिक सदभाव नै नेपालीहरुको पहिचान भएको बताउँदै संयम बन्न सबैलाई अपिल गरे ।

प्रकाशित : १२ भाद्र २०८०, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६