प्रदेश

एमसीसीका नाममा देश लुट्न पाइँदैनः विप्लव



बुटवल, १२ चैत ।

नेकपा महासचिव नेत्रविक्रम (विप्लव) सीले एससीसीका नाममा नेपाल लुट्न नपाइने बताएका छन् । एमसीसी पारित गर्न मुख्य भूमिका खेलेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकै अगाडि विप्लवले यस्तो चेतावनी दिएका हुन् ।

बुटवलमा समाजवादी मोर्चाले मंगलबार आयोजना गरेको सन्देशसभामा बोल्दै उनले बुधबारबाट सुरु हुन लागेको एमसीसी परियोजनाविरुद्ध आफ्नो पार्टी कडाइका साथ लाग्ने बताए । उनले भने– नेपालको कानुन, सार्वभौमिकता मिचेर अगाडि बढ्न दिँदैनौ, नेपाललाई निस्वार्थ सहयोग गर्नेको हामीले विरोध गरेको होइन तर शर्तसहितको सहयोग हामीलाई चाहिदैन, समाजवादी मोर्चाले त्यसलाई स्वीकार गर्दैन, अहिलेको अवस्थामा एमसीसी अगाडि बढ्न सक्दैन । यसमा प्रधानमन्त्रीको ध्यान जाओस् ।

विश्वमा नै समाजवादविरुद्ध हमला भइरहेकाले त्यसविरुद्ध एक्लै लडेर जान नसकिने भएकाले अहिलेको मोर्चा बनेको बताए । उनले समाजवादी मोर्चाको बचाउ गर्दै अहिलेको आवश्यकताले यो गठन भएको दाबी गरे ।

यो कुनै व्यक्तिगत चाहनाबाट नभएर अहिलेको आवश्यकतामा आधारित भएर गठन भएको छ । राजनीतिक धेरै उपलब्धी धेरै भएका छन्, तर पूँजीवाद आयो, आर्थिक क्षेत्रमा, सामाजिक क्षेत्रमा धेरै चाहेका उपलब्धी भएनन् अब एक्लै हिँडेर त्यो उपलब्धी हुनसक्दैन भनेर समाजवादी आन्दोलनका लागि यो मोर्चा बनेको हो, नेता विप्लवले भने– विश्वबाट नै दलाल पूँजीवादी तत्वले सत्ता कब्जा गर्न खोजेको अवस्थामा समाजलाई निराशा बनाउन नदिन यो मोर्चा तयार भएको, यसले नैराश्यता हटाउन सहयोग गर्ने उनको दावी छ, धेरै उलपब्धी भएका छन् ।

उनले नेपाली जनता संघर्षमा गुज्रेका छन् भन्ने मात्र होइन त्यो संघर्ष मानेर नयाँ चिज खोजेको र पुरानाबाट धेरै चिज संभव नभएको दावी गरेका छन् । उनले माओवादी अध्यक्ष प्रचण्डको प्रशंसा गर्दै यो मोर्चा बनाउन धेरै त्याग गरेको बताएका छन् । ‘धेरैलाई आश्चर्य लागेको छ, सरकारको नेतृत्व गरेका प्रचण्डको नेतृत्वमा किन मोर्चा बन्यो, नेकपा किन सहभागी भयो, यसमा प्रचण्डको ठूलो त्याग छ, सत्ता र यो मोर्चा फरक हो’, उनले भने ।

महासचिव विप्लवले भने, ‘यो देशलाई साम्राज्यवादको चंगुलबाट मुक्त गराउन चाहेका छौं, त्यसैका लागि यो मोर्चा बनेको हो, हामीलाई सरकारमा जाने लोभ छैन । मोर्चाको लक्ष्य भ्रष्टाचारको विरुद्ध, सुशासनको पक्ष र नेपाली विशेषताको समाजवादतिर लैजाने हो ।’

प्रकाशित : १२ भाद्र २०८०, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६