खोज–अनुसन्धान

समाजवादी मोर्चाको लुम्बिनी प्रदेश समन्वय समितिको घोषणा



    बुटवल  १२ भदौ । समाजवादी मोर्चाले लुम्बिनी प्रदेश समन्वय समितिको घोषणा गरेको छ । मंगलबार बुटवलमा आयोजित सन्देश सभामा मोर्चाले समन्वय समितिको घोषणा गरेको हो ।समितिमा मोर्चा सम्बद्ध दलको सिफारिसमा तीनतीन जना सदस्य रहेका छन् ।                 जसमा माओवादी केन्द्रबाट सुदर्शन बराल, दुर्गाबहादुर थारु र कृष्ण अधिकारी छन् । एकीकृत समाजवादीबाट सोमप्रसाद पाण्डे, निर्मल सुवेदी र मेटमणि चौधरी सदस्य रहेका छन् । यस्तै जसपाबाट नवीनकुमार सुनुवार, मनिकर कार्की र अशोक यावद तथा नेकपाको तर्फबाट बसन्त सी, नारायण सी र सम्झना सी सदस्य रहेका छन् । लुम्बिनीमा मोर्चाको समन्वय समितिको अध्यक्षता चार महिनाका लागि नेकपाले गर्नेछ ।

प्रकाशित : १२ भाद्र २०८०, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६