कपिलवतु, भाद्र १३
नेकपा एमाले) लुम्बिनी प्रदेश अधिवेशनका लागि प्रदेश स्तरका जनसंगठनबाट ४ प्रतिनिधी छनोट भएसंगै कपिलवस्तु जिल्ला बाट ७६ जनाले प्रतिनिधीत्व गर्ने भएका छन् ।अधिवेशनका निम्ति प्रदेश स्तरका जनसंगठनबाट प्रतिनिधीको रुपमा भूमिअधिकार श्रमिक संगठनबाट मञ्जु चौधरी, मुस्लिम ईत्याद संगठनबाट रुकैया खातुन, ओविसीबाट सन्तोष कहाँर , लोकतान्त्रिक अपांगठ संगठनबाट हेमनाथ ज्ञवाली चयन हुनुभएको छ । प्रदेश स्तरका जनसंगठनबाट ४ जनाले प्रतिनिधीत्व गर्ने अवसर प्राप्त गरेसंगै कपिलवस्तु जिल्लाबाट कूल ७६ जनाले प्रतिनिधीको रुपमा सहभागिता जनाउने भएका छन् । अधिवेशनमा महिलाको प्रतिनिधित्व संख्या १७ जना, दलित प्रतिनिधित्व १२ जना र अन्य ४३ जनाले प्रदेश अधिवेशनमा प्रतिनिधीको रुपमा सहभागिता जनाउने एमाले जिल्ला अध्यक्ष डम्मर शर्माले जानकारी दिनु भयो ।
१३ भाद्र २०८०, बुधबार








प्रतिक्रिया