ब्रेकिंग न्युज

पुस्तकालय दिवसको अवसरमा प्राध्यापक तथा विद्यार्थीहरु सम्मानित



बुटवल, १५ भाद्र । बुटवल देवीनगर स्थित लुम्बिनी वाणिज्य क्याम्पसमा नियमित रुपमा पुस्तकालयमा रहि अध्ययन गर्ने प्राध्यापक तथा विद्यार्थीहरुलाई सम्मान गरिएको छ ।


नेपालमा पुस्तकालय दिवसको रुपमा मनाउदै आईएको भाद्र १५ लाइ यसपटक १६ औं पुस्तकालय दिवसको रुपमा देशभर मनाइएको हो । हरेक बर्ष बिशेष नारा बनाएर मनाइने यो दिवसको यस बर्षको मुल आदर्श वाक्य “पुस्तां पुस्ताका लागि पुस्तकालय” रहेको छ ।


लुम्बिनी वाणिज्य क्याम्पसमा पनि पुस्तकालय व्यवस्थापन तथा विकास सेलले १६ औं पुस्तकालय दिवसको अवसरमा सम्मान कार्यक्रम आयोजना गरेको हो । उक्त अवसरमा क्याम्पसमा कार्यरत उपप्राध्यापकहरु माधव कुमार पौडेल, रोम नाथ शर्मा, लक्ष्मणप्रसाद भण्डारी, सुरेश सापकोटा, नवराज खरेल, सन्ध्या काफ्ले तथा विभिन्न कार्यक्रममा अध्ययनरत विद्यार्थीहरु खगराज अधिकारी, समिक्षा तिमिल्सिना, गोविन्द न्यौपाने, सृष्टि श्रेष्ठ, बिन्दु भट्टराई, ज्योति भण्डारी, बिन्दु कंडेल, नितेश कुवँर, अस्मिता अर्याल, प्रशन्न जङ्ग कार्की लगायतलाई सम्मान गरिएको छ ।


सम्मान कार्यक्रममा बोल्दै प्रमुख अतिथि एवं क्याम्पस प्रमुख प्रा.डा. ताराप्रसाद उपाध्यायले क्याम्पसले पुस्तकालयलाई पाठ्यक्रमसङ्ग जोड्दै आएको र यसले क्याम्पसको शैक्षिक गुणस्तरमा समेत वृद्धि गरेको बताउनुभयो । उहाँले यस क्याम्पसमा रहेको लुम्बिनी प्रदेशकै नमुना डिजिटल लाइब्रेरीको अधिकतम प्रयोग गरी सम्मानित हुने सम्पूर्णलाई बधाई ज्ञापन गर्दै यस प्रकारका कार्यक्रमले प्राध्यापक तथा विद्यार्थीहरुलाई थप अध्ययनमुखि तथा अनुसन्धानमुखि बन्न प्रेरित गर्ने विश्वास व्यक्त गर्नुभयो ।


कार्यक्रममा सहायक क्याम्पस प्रमुख सह प्राध्यापक विष्णु जोशी, पुस्तकालयमा कार्यरत कर्मचारी ज्योति श्रेष्ठ, सम्मानित प्राध्यापकहरुको तर्फबाट लक्ष्मण प्रसाद भण्डारी, सन्ध्या काफ्ले, सम्मानित विद्यार्थीहरुको तर्फबाट नितेश कुवँर, बिन्दु कंडेल लगायतले बोल्नुभएको थियो । कार्यक्रमको सञ्चालन कर्मचारी शिवराज अधिकारीले गर्नुभएको थियो भने कार्यक्रमको अध्यक्षता पुस्तकालय व्यवस्थापन तथा विकास सेलका अध्यक्ष सह प्राध्यापक माधव प्रसाद नेपालले गर्नुभएको मोहन पौडेलले जानकारी दिनुभयो ।

प्रकाशित : १५ भाद्र २०८०, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६