प्रदेश

पत्रकारविरुद्ध फेसबुकमा जथाभावी लेखेर चरित्र हत्या गर्ने प्रहरी नियन्त्रणमा



कपिलवस्तु, १५ भदौ । सामाजिक संजाल फेसबुकमा पत्रकारविरुद्ध अपमानजनक अभिव्यक्ति लेख्ने जग्गा दलाललाई प्रहरीले पक्राउ गरी थुनामा राखेको छ । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका -२ बस्ने जग्गा दलाल खडानन्द भुषाललाई प्रहरीले पक्राउ गरी सामाजिक अपराध तथा नैतिकता विरुद्धको कसुरमा मुद्धा चलाएर थुनामा राखेको हो ।

केही दिनअघि जग्गा किनबेचको नाममा वाणगंगाकी राधिका भण्डारीलाई ठगी गरेको विषयलाई लिएर स्थानीय अनलाइनमा पत्रकार गणेश पोख्रेलले समाचार लेखेका थिए । पत्रकार गणेश पोख्रेलकाविरुद्ध भुषालले आफ्नो फेसबुक वालमा पत्रकार पोखरेलले १ लाख रुपैयाँ मागेको भन्दै पोखरेल र उनकी दिदीको फोटो राखेर चरित्र हत्या हुने खालको स्टाटस लेखेका थिए ।

पत्रकार पोख्रेललाई आफ्नो जग्गाको कारोवारको विषयमा समाचार प्रकाशन गरेको भन्दै उनी निकट व्यक्तिले रातको समयमा पटकपटक फोन गरी समाचार डिलिट गर्न धम्की समेत दिएका थिए ।
आफूविरुद्ध समाजिक सञ्जालदेखि टेलिफोनबाट धम्की समेत आउन थालेपछि बाध्य भएर भुषालविरुद्ध प्रहरीमा उजुरी गर्न गएको पत्रकार पोख्रेलले बताए ।

‘भुषालले एउटा जग्गा देखाएर अर्को जग्गा पास गरेको प्रमाणसहित मैले समाचार प्रकाशित गरेको हुँ,पोख्रेलले भने, ‘समाचारमा झुठो भए वा आफूले अनुचित ढंगबाट कहि कसैलाई जुनकुनै समयमा पनि रकम माग गरेको भए प्रमाणित गर्न चुनौती दिन्छु ।’

पत्रकार पोखरेलको जाहेरीको आधारमा प्रहरीले उनलाई रुपन्देहीको सैनामैनामा रहेको एक होटलबाट पक्राउ गरेको इलाका प्रहरी कार्याल पिपराका प्रहरी निरीक्षक गोपाल रायमाझीले बताए । पक्राउ परेका भुषाललाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय तौलिहवा पठाइएको प्रहरी निरीक्षक रायमाझीले भने ।

पक्राउ परेका भुषाललाई सामाजिक अपराध तथा नैतिकताको विरुद्धको कसुरमा मुद्धा चलाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । आम सर्वसाधारण वा सामाजिक पद धारण गरेको व्यक्तिविरुद्धमा बिना प्रमाण चरित्र हत्या गर्ने मनसायले कुनै पनि व्यक्तिको पारिवारिक तथा सामाजिक प्रतिष्ठा माथि आच आउने खालका कुराहरु सामाजिक सञ्जालमा लेखेमा जो कोहीलाई पनि कानुन बमोजिम कारबाही हुने जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक प्रेमबहादुर बस्नेतले बताए ।

प्रकाशित : १५ भाद्र २०८०, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६